भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

९५ दिनपछि मैदानमा इंग्लिस प्रिमियर लिग

९५ दिनपछि मैदानमा इंग्लिस प्रिमियर लिग

२३ जेठ २०७७ काठमाडौं । कोरोना भाइरसका कारण रोकिएको इंग्लिस प्रिमियर लिग ९५ दिनपछि सिजन सुरु गर्ने तयारी छ । १३ मार्चबाट रोकिएको खेला सुरु हुने भएसँगै फिफाको सहमतीमा केहि नियमहरु परिर्वतन हुने भएका छन् ।

प्रिमियर लिगमा अब हरेक खेलमा तीन खेलाडीको ठाउँमा पाँच खेलाडी सब्सटिच्युट गरिने छ । बक्समा पनि ७ बाट ९ खेलाडीलाई सब्सटिच्युटका लागि राखिने छ । बिहिबार भएको सबै पक्षको बैठकमा यो निर्णय लिएको हो ।

२०१९–२० मा बाँकी रहेको सीजनमा हरेक खेलमा पाँच खेलाडी परिर्वतन गर्न सकिने र यो पहिलाको नियममा परिर्वतन भएको छ । लिगका दौरान कोरोना संक्रमणको जोखिम नहोस भन्नका लागि अहिलेसम्म ५०७९ टेस्ट गरिएको छ ।

जसमा ३ रिपोर्ट पोजेटिभ आएका छन् । तयारीका लागि क्लबहरुले सानो सानो समुह बनाएर २७ मे बाटै ट्रेनिङ सुरु गरिसकेका छन् । ३१ डिसेम्बरसम्म नयाँ नियम फिफाले गत महिना कोरोना भाइरसका कारण फुटबल नियमहरुमा संसोधन गर्नुपर्ने आवश्यक्ता महसुस गर्दे नियमहरु संशोधनको प्रस्ताव आईएएफबीसमक्ष गरेको थियो ।

खेलाडीको स्वास्थ्यलाई ध्यानमा राख्दै यो निर्णय गरिएको थियो । तर यो निर्णय ३१ डिसेम्बर सम्मका लागि मात्रै भएको फिफाले स्पष्ट पारेको छ।

 


Thali Mobile Pvt.Ltd.