भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

९५ दिनपछि मैदानमा इंग्लिस प्रिमियर लिग

९५ दिनपछि मैदानमा इंग्लिस प्रिमियर लिग

२३ जेठ २०७७ काठमाडौं । कोरोना भाइरसका कारण रोकिएको इंग्लिस प्रिमियर लिग ९५ दिनपछि सिजन सुरु गर्ने तयारी छ । १३ मार्चबाट रोकिएको खेला सुरु हुने भएसँगै फिफाको सहमतीमा केहि नियमहरु परिर्वतन हुने भएका छन् ।

प्रिमियर लिगमा अब हरेक खेलमा तीन खेलाडीको ठाउँमा पाँच खेलाडी सब्सटिच्युट गरिने छ । बक्समा पनि ७ बाट ९ खेलाडीलाई सब्सटिच्युटका लागि राखिने छ । बिहिबार भएको सबै पक्षको बैठकमा यो निर्णय लिएको हो ।

२०१९–२० मा बाँकी रहेको सीजनमा हरेक खेलमा पाँच खेलाडी परिर्वतन गर्न सकिने र यो पहिलाको नियममा परिर्वतन भएको छ । लिगका दौरान कोरोना संक्रमणको जोखिम नहोस भन्नका लागि अहिलेसम्म ५०७९ टेस्ट गरिएको छ ।

जसमा ३ रिपोर्ट पोजेटिभ आएका छन् । तयारीका लागि क्लबहरुले सानो सानो समुह बनाएर २७ मे बाटै ट्रेनिङ सुरु गरिसकेका छन् । ३१ डिसेम्बरसम्म नयाँ नियम फिफाले गत महिना कोरोना भाइरसका कारण फुटबल नियमहरुमा संसोधन गर्नुपर्ने आवश्यक्ता महसुस गर्दे नियमहरु संशोधनको प्रस्ताव आईएएफबीसमक्ष गरेको थियो ।

खेलाडीको स्वास्थ्यलाई ध्यानमा राख्दै यो निर्णय गरिएको थियो । तर यो निर्णय ३१ डिसेम्बर सम्मका लागि मात्रै भएको फिफाले स्पष्ट पारेको छ।

 


Thali Mobile Pvt.Ltd.