पर्साको पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजा बरामद भएको छ ।
गाँजा ओसारपसारमा प्रयोग भएको कारसहित एक युवक पक्राउ परेका छन् ।
तिलाईपुल–भिष्वा सडकखण्डमा चेकजाँच गर्ने क्रममा कारको डिकीबाट गाँजा बरामद भएको हो ।
कारको डिकीमा प्लास्टिकको डोरीले बाँधिएका १२ वटा पोका भेटिएका थिए ।
पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङ रहेका छन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, २० भदौ । पर्साको पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक युवक पक्राउ परेका छन् । शुक्रबार राति करिब ८ः४५ बजे प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त टोलीले पकहाँ मैनपुर गाउँपालिका–१ धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा सवारीसाधन चेकजाँच गरेको थियो ।
तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो रङको निशान कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारको पछाडिको डिकीमा प्लास्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला परेका थिए ।
प्रहरीका अनुसार ती पोकाभित्र प्लास्टिकसहित ११४ किलो २५ ग्राम लागुऔषध गाँजा बरामद भएको हो । गाँजा र कारसहित धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका चेपाङमाथि लागुऔषध ओसारपसारसम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
