भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

एक सय २५ पालिकामा क्षयरोग नियन्त्रणका लागि परीक्षण तथा खोज कार्यक्रम सञ्चालन

एक सय २५ पालिकामा क्षयरोग नियन्त्रणका लागि परीक्षण तथा खोज कार्यक्रम सञ्चालन

काठमाण्डौ । ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँच बाहिर रहेका छन् । नेपालमा अझै पनि ४५ प्रतिशत क्षयरोगका विरामीले उपचार नै नपाएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको हो ।

केन्द्रको तथ्याङ्क अनुसार गएको वर्ष मात्रै नेपालमा ३७ हजार भन्दा धेरै नयाँ बिरामी थपिएका छन् । पहिचान भएका बिरामीमध्ये ७२ प्रतिशत फोक्सो र २८ प्रतिशत विभिन्न अङ्गका क्षयरोगी छन् । सरकारले शुरु गरेको क्षयरोगमुक्त नेपाल अभियानमार्फत एक सय २५ पालिकामा क्षयरोग नियन्त्रणका लागि परीक्षण तथा खोज कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । लगातार दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुनु क्षयरोगका लक्षण हुन् ।

उपचारको पहुँचमा नआउनेमा ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका छन् । क्षयरोग लागेकाप्रति समाजको नकरात्मक दृष्टिकोण बाँकी रहनु र लामो समय नियमित औषधि प्रयोग गर्नुपर्ने भएकोले कतिपय बिरामी उपचारको पहुँचमा नपुग्ने गरेका हुन् । क्षयरोगको उपचार र औषधि निः शुल्क छ ।

 


Thali Mobile Pvt.Ltd.