भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एक सय २५ पालिकामा क्षयरोग नियन्त्रणका लागि परीक्षण तथा खोज कार्यक्रम सञ्चालन

एक सय २५ पालिकामा क्षयरोग नियन्त्रणका लागि परीक्षण तथा खोज कार्यक्रम सञ्चालन

काठमाण्डौ । ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँच बाहिर रहेका छन् । नेपालमा अझै पनि ४५ प्रतिशत क्षयरोगका विरामीले उपचार नै नपाएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको हो ।

केन्द्रको तथ्याङ्क अनुसार गएको वर्ष मात्रै नेपालमा ३७ हजार भन्दा धेरै नयाँ बिरामी थपिएका छन् । पहिचान भएका बिरामीमध्ये ७२ प्रतिशत फोक्सो र २८ प्रतिशत विभिन्न अङ्गका क्षयरोगी छन् । सरकारले शुरु गरेको क्षयरोगमुक्त नेपाल अभियानमार्फत एक सय २५ पालिकामा क्षयरोग नियन्त्रणका लागि परीक्षण तथा खोज कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । लगातार दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुनु क्षयरोगका लक्षण हुन् ।

उपचारको पहुँचमा नआउनेमा ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका छन् । क्षयरोग लागेकाप्रति समाजको नकरात्मक दृष्टिकोण बाँकी रहनु र लामो समय नियमित औषधि प्रयोग गर्नुपर्ने भएकोले कतिपय बिरामी उपचारको पहुँचमा नपुग्ने गरेका हुन् । क्षयरोगको उपचार र औषधि निः शुल्क छ ।

 


Thali Mobile Pvt.Ltd.