भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

मुख्य बुँदा

देशभरबाट १४ जना लागुऔषधसहित पक्राउ

काठमाडौँ, झापा, बर्दिया, सिरहा, दाङ, कैलाली, कञ्चनपुर, सुनसरी लगायत स्थानबाट पक्राउ

खैरो हेरोइन, पोलेन, ट्याब्लेट र गाँजा बरामद

धरानबाट १७ किलो गाँजा सहित दुई जना पक्राउ

नियमित गस्ती र चेकजाँचका क्रममा नियन्त्रण

थप अनुसन्धान जारी

काठमाडौँ, १३ चैत्र । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले बुधबार र बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित नरसिंह चोकको सिटी हेभन होटलबाट खैरो हेरोइनसहित सिरहा नगरपालिका–८ का २९ वर्षीय रक्कीकुमार यादव पक्राउ परेका छन्।

यसैगरी काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार फलफूल चोकबाट लागुऔषध पोलेनसहित एक जना, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट खैरो हेरोइनसहित एक जना, गुलरिया नगरपालिका–११ गणेशपुरबाट एक जना र लहान नगरपालिका–३बाट एक जना पक्राउ परेका छन्।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीबाट दुई जना, लम्कीचुहा नगरपालिका–६ बागमाराबाट एक जना र बेलौरी नगरपालिका–८ पचुईबाट दुई जना पक्राउ परेका छन्।

यस्तै धरान उपमहानगरपालिका–१६ पानीट्याङ्कीबाट ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित दुई जना तथा धरान उपमहानगरपालिका–२० विष्णुपादुका पुलबाट १७ किलोग्राम गाँजासहित दुई जना पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.