भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

अरनिको राजमार्गमा ५ चालक पक्राउ

अरनिको राजमार्गमा ५ चालक पक्राउ

काभ्रेपलाञ्चोक, १३ चैत्र । काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको राजमार्गमा लागुऔषध तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने पाँच जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार दिउँसो बनेपा नगरपालिका–८ जनागल क्षेत्रमा गरिएको विशेष चेकजाँचका क्रममा यात्रुवाहक बस तथा पानी ट्याङ्करका चालकहरू नशाको अवस्थामा भेटिएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकइलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले शिर मेमोरियल अस्पतालका प्राविधिकको सहयोगमा ड्रग्स किटमार्फत परीक्षण गरेको थियो।

प्रहरीले शंकास्पद ३९ सवारी चालकलाई जाँच गर्दा पाँच जनाको रिपोर्ट पोजेटिभ देखिएको जनाएको छ। पक्राउ पर्नेमा महानगर बसका २६ वर्षीय समिर तामाङ र २० वर्षीय रोहित घतानी विश्वकर्मा, पुण्यवती यातायातका ३८ वर्षीय समिर महत, मयुर यातायातका ३२ वर्षीय महेश चौधरी र पानी ट्याङ्करका चालक २६ वर्षीय सुगम भुजेल रहेका छन्।

उनीहरूले सार्वजनिक सडकमा सयौँ यात्रुको ज्यान जोखिममा राख्दै नशाको अवस्थामा सवारी चलाएको पाइएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार गोप्य सूचनाका आधारमा यो अभियान सञ्चालन गरिएको हो। पक्राउ परेका चालकहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ।

 


Thali Mobile Pvt.Ltd.