भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अरनिको राजमार्गमा ५ चालक पक्राउ

अरनिको राजमार्गमा ५ चालक पक्राउ

काभ्रेपलाञ्चोक, १३ चैत्र । काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको राजमार्गमा लागुऔषध तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने पाँच जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार दिउँसो बनेपा नगरपालिका–८ जनागल क्षेत्रमा गरिएको विशेष चेकजाँचका क्रममा यात्रुवाहक बस तथा पानी ट्याङ्करका चालकहरू नशाको अवस्थामा भेटिएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले शिर मेमोरियल अस्पतालका प्राविधिकको सहयोगमा ड्रग्स किटमार्फत परीक्षण गरेको थियो।

प्रहरीले शंकास्पद ३९ सवारी चालकलाई जाँच गर्दा पाँच जनाको रिपोर्ट पोजेटिभ देखिएको जनाएको छ। पक्राउ पर्नेमा महानगर बसका २६ वर्षीय समिर तामाङ र २० वर्षीय रोहित घतानी विश्वकर्मा, पुण्यवती यातायातका ३८ वर्षीय समिर महत, मयुर यातायातका ३२ वर्षीय महेश चौधरी र पानी ट्याङ्करका चालक २६ वर्षीय सुगम भुजेल रहेका छन्।

उनीहरूले सार्वजनिक सडकमा सयौँ यात्रुको ज्यान जोखिममा राख्दै नशाको अवस्थामा सवारी चलाएको पाइएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार गोप्य सूचनाका आधारमा यो अभियान सञ्चालन गरिएको हो। पक्राउ परेका चालकहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ।

 


Thali Mobile Pvt.Ltd.