भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

प्रधानमन्त्री बालेन शाहद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

प्रधानमन्त्री बालेन शाहद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

मुख्य बुँदा

बालेन शाह पद तथा गोपनीयताको शपथ ग्रहण

राष्ट्रपति शीतल निवासमा १२:३४ बजे समारोह

वैदिक–सनातन परम्परा अनुसार शपथ

रक्षा र उद्योग मन्त्रालय प्रधानमन्त्रीले सम्हाले

मन्त्रिपरिषद् गठन, १७ मन्त्रालयको जिम्मेवारी बाँडफाँट

समारोहमा उच्च पदाधिकारी र कूटनीतिक प्रतिनिधि उपस्थित

काठमाण्डौ, १३ चैत्र । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो १२:३४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई शपथ गराउनुभएको हो।

शाहलाई नेपालको संविधानको धारा ७ को उपधारा १ अनुसार नियुक्त गरिएको हो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, पूर्वप्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसहित पूर्वप्रधानमन्त्रीहरू उपस्थित थिए।

शपथ ग्रहण समारोहमा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख तथा नेपालमा रहेका विभिन्न कूटनीतिक नियोगका पदाधिकारीहरू उपस्थित थिए।

प्रधानमन्त्री शाहको शपथ वैदिक–सनातन परम्परा अनुसार सम्पन्न भएको थियो। समारोहमा सात शङ्खबाट शङ्खनाद, १०८ वटुकद्वारा स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षुले शुभ–मङ्गल पाठ गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहलाई पार्टीले संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरेको थियो। प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालयसमेत सम्हालेका छन्।

अर्थ मन्त्रालय: स्वर्णिम वाग्ले, गृह मन्त्रालय: सुधन गुरुङ, परराष्ट्र मन्त्रालय: शिशिर खनाल, भौतिक पूर्वाधार, यातायात र सहरी विकास, सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिंचाइ: विराजभक्त श्रेष्ठ, पर्यटन मन्त्रालय: खड्कराज पौडेल (गनेश), शिक्षा, विज्ञान, प्रविधि तथा युवा/खेलकुद: सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्या: निशा मेहता, सञ्चार मन्त्रालय: विक्रम तिमिल्सिना, सामान्य प्रशासन: प्रतिभा रावल, श्रम मन्त्रालय: दीपक साह (महोत्तरी), कानुन मन्त्रालय: सोविता गौतम, महिला, बालबालिका मन्त्रालय: सीता वादी ।

 


Thali Mobile Pvt.Ltd.