भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सचिव कृष्णहरि पुष्कर सोधपुछपछि रिहा, मुद्दा नचल्ने निष्कर्ष

सचिव कृष्णहरि पुष्कर सोधपुछपछि रिहा, मुद्दा नचल्ने निष्कर्ष

काठमाण्डौ, २२ जेठ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्करलाई प्रहरीले सोधपुछपछि रिहा गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई हिजो दिनभर सोधपुछ गरी राति घरमै छोडेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आदेशअनुसार उनलाई अनुसन्धानका लागि बोलाइएको बुझिएको छ।

त्यसअघि उनलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर स्वास्थ्य परीक्षण गर्ने तयारीसमेत गरेको थियो। तर प्रारम्भिक अनुसन्धानपछि मुद्दा चलाउने किसिमको ठोस आधार नदेखिएको भन्दै सोधपुछपछि मात्रै रिहा गरिएको प्रहरीले जनाएको छ।

पुष्करमाथि ‘चेन अफ कमान्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश पठाएको आरोपसमेत लागेको थियो। उक्त विषयमा आवश्यक बुझाइ लिएपछि उनलाई छाडिएको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.