भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

सचिव कृष्णहरि पुष्कर सोधपुछपछि रिहा, मुद्दा नचल्ने निष्कर्ष

सचिव कृष्णहरि पुष्कर सोधपुछपछि रिहा, मुद्दा नचल्ने निष्कर्ष

काठमाण्डौ, २२ जेठ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्करलाई प्रहरीले सोधपुछपछि रिहा गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई हिजो दिनभर सोधपुछ गरी राति घरमै छोडेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आदेशअनुसार उनलाई अनुसन्धानका लागि बोलाइएको बुझिएको छ।

त्यसअघि उनलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर स्वास्थ्य परीक्षण गर्ने तयारीसमेत गरेको थियो। तर प्रारम्भिक अनुसन्धानपछि मुद्दा चलाउने किसिमको ठोस आधार नदेखिएको भन्दै सोधपुछपछि मात्रै रिहा गरिएको प्रहरीले जनाएको छ।

पुष्करमाथि ‘चेन अफ कमान्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश पठाएको आरोपसमेत लागेको थियो। उक्त विषयमा आवश्यक बुझाइ लिएपछि उनलाई छाडिएको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.