भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण

मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण

मुख्य बुँदा

जुन ५ मा ‘अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनविरुद्ध अन्तर्राष्ट्रिय दिवस’ मनाइँदै।

समुद्री जैविक विविधता र खाद्य सुरक्षा संरक्षणमा जोड।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१७ देखि औपचारिक रूपमा मनाइँदै आएको।

अवैध माछा मार्ने गतिविधिले पारिस्थितिक प्रणाली र जीविकोपार्जनमा असर पुर्‍याएको।

दिगो मत्स्य व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको जोड।

काठमाडौँ, २२ जेठ । अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनविरुद्ध जनचेतना अभिवृद्धि गर्दै समुद्री स्रोतको दिगो संरक्षणमा जोड दिन आज विश्वका विभिन्न मुलुकमा ‘अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनविरुद्ध अन्तरराष्ट्रिय दिवस’ मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जुन ५ मा मनाइने यस दिवसको उद्देश्य समुद्री जैविक विविधता, खाद्य सुरक्षा तथा मत्स्य स्रोतको दिगो व्यवस्थापनमा चुनौतीका रूपमा रहेको अवैध, अप्रमाणित तथा अनियमित माछा मार्ने गतिविधिविरुद्ध विश्व समुदायको ध्यानाकर्षण गराउनु हो ।

यो दिवसको सुरुआत सन् २०१५ मा राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) अन्तर्गतको भूमध्यसागरीय क्षेत्रीय मत्स्य आयोगको प्रस्ताव सन् २०१७ जुलाईमा महासभाले स्वीकृत गरेपछि भएको हो ।

एफएओका अनुसार मत्स्य समितिले जुन ५ लाई ‘अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनविरुद्ध अन्तर्राष्ट्रिय दिवस’का रूपमा घोषणा गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । जुन ५ मा ‘पोर्ट स्टेट मेजर्स एग्रिमेन्ट’ अन्तरराष्ट्रिय सन्धिका रूपमा औपचारिक रूपमा लागू भएको दिनको स्मरणमा चयन गरिएको हो ।

महासभाले सोही प्रस्तावमार्फत सन् २०२२ लाई ‘साना स्तरका मत्स्य व्यवसाय तथा जलकृषि अन्तरराष्ट्रिय वर्ष’का रूपमा पनि घोषणा गरेको थियो। यस पहलले विश्वभरको मत्स्य क्षेत्रमा कार्यरत करिब ९० प्रतिशत माछा मार्ने समुदाय र महिलाको योगदानलाई उजागर गर्न सहयोग पुगेको थियो ।

राष्ट्रसङ्घका अनुसार अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनले समुद्री पारिस्थितिक प्रणालीमा नकारात्मक असर पार्नुका साथै कानुनी रूपमा मत्स्य व्यवसाय सञ्चालन गर्ने समुदायको जीविकोपार्जन र विश्व खाद्य सुरक्षामा चुनौती बढाएको छ ।

त्यसैले समुद्री स्रोतको संरक्षण, दिगो उपयोग तथा भावी पुस्ताका लागि सुरक्षित राख्न अन्तरराष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउन दिवसले प्रेरित गर्ने विश्वास एफएओले व्यक्त गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.