भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौँको बजारमा नेपाली आँपको आपूर्ति बढ्यो, भारतीय आँप विस्थापित हुँदै

काठमाडौँको बजारमा नेपाली आँपको आपूर्ति बढ्यो, भारतीय आँप विस्थापित हुँदै

मुख्य बुँदा

काठमाडौँको कुलेश्वर फलफूल बजारमा नेपाली आँपको आपूर्ति बढ्यो।

नेपाली आँप बजारमा आउन थालेपछि भारतीय आँपको माग घट्दै गएको।

बम्बई, माल्दा र दसहरी आँप विभिन्न मूल्यमा बिक्री भइरहेको।

२२ केजी क्रेटको आँप १४०० देखि १७०० रुपैयाँसम्ममा कारोबार।

आगामी दिनमा बजार थप आँपले भरिने व्यापारीहरूको अनुमान।

काठमाण्डौ, २२ जेठ । काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न जिल्लामा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलपहल बढेको छ। स्थानीय उत्पादनको आपूर्ति बढेसँगै भारतीय आँप क्रमशः बजारबाट विस्थापित हुन थालेको व्यापारीहरूले बताएका छन्।

व्यापारीहरूका अनुसार यस वर्ष नेपाली आँप समयमै बजारमा आउन थालेकाले उपभोक्ताले ताजा र स्थानीय उत्पादन रोज्न थालेका छन्। यसले भारतीय आँपको मागमा समेत कमी आएको उनीहरूको भनाइ छ।

हाल बजारमा नेपाली आँपको मूल्य जात, गुणस्तर र आकारअनुसार फरक–फरक रहेको छ। कुलेश्वर फलफूल बजारका अनुसार बम्बई आँप २२ केजीको क्रेट १ हजार ५ सयदेखि १ हजार ७ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

त्यसैगरी माल्दा आँप २२ केजीको १ हजार ४ सयदेखि १ हजार ६ सय रुपैयाँ र दसहरी आँप २१ केजीको १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

नेपाली आँपको आपूर्ति बढेसँगै कुलेश्वर फलफूल बजार अहिले भरिभराउ देखिएको छ। व्यापारीहरूले आगामी दिनमा अझ धेरै परिमाणमा आँप भित्रिने र बजार पूर्ण रूपमा नेपाली आँपले नै भरिने अपेक्षा गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.