भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

१६५ निर्वाचन क्षेत्रमा ३४८४ जनाको उम्मेदवारी

१६५ निर्वाचन क्षेत्रमा ३४८४ जनाको उम्मेदवारी

काठमाण्डौ, माघ ७ । प्रतिनिधिसभा सदस्यका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारी परेको छ । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र १ हजार १८७ जनाले हिजो मनोनयन दर्ता गराएका हुन् ।

कूल उम्मेदवारमध्ये पुरुष ३ हजार ८८, महिला ३ सय ९५ र अन्य समूहका एक महिला रहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिनेछ ।

निर्वाचन आयोगले तय गरेको समयसीमाअनुसार प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिनेछ । उजुरीपछि भोलि बेलुका पाँच बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी आवश्यक निर्णयसहित अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

नाम फिर्ता लिन र दाबी–विरोधपछि उम्मेदवारको सङ्ख्या केही घट्न सक्ने आयोगको अनुमान छ । आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ ।

हिजो देशैभर उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । बाँकी निर्वाचन कार्यक्रम पनि सफल बनाउन सबै पक्षको सहयोग पाउने उहाँको विश्वास छ ।

 


Thali Mobile Pvt.Ltd.