भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

रिक्त प्रदेशसभा सदस्य र पालिका प्रमुख/उपप्रमुखको निर्वाचन फागुन २१ लगत्तै हुने : आयोग

रिक्त प्रदेशसभा सदस्य र पालिका प्रमुख/उपप्रमुखको निर्वाचन फागुन २१ लगत्तै हुने : आयोग

काठमाडौँ, ७ माघ । प्रदेशसभा सदस्य र पालिका प्रमुखले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएपछि रिक्त भएका स्थानमा छिट्टै निर्वाचन गरिने निर्वाचन आयोगले जनाएको छ।

मंगलबार आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रिक्त रहेका स्थानमा सरकारको सल्लाहमा पदपूर्ति गरिने जानकारी दिनुभयो।

उहाँले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि लगत्तै रिक्त स्थानीय तह तथा प्रदेशसभा क्षेत्रमा निर्वाचन गरिने बताउनुभयो। आयोगले फागुन २१ गतेपछि रिक्त स्थानमा निर्वाचन गराउने तयारी गरेको जनाएको छ।

राजीनामा दिएर संघीय निर्वाचनमा सहभागी भएका कारण प्रदेशसभा र स्थानीय तहका केही पद रिक्त रहेकाले जनप्रतिनिधिविहीन अवस्थालाई लामो समय नराख्न निर्वाचन गरिन लागेको आयोगको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.