आज मेघगर्जनसहित वर्षाको सम्भावना

आज मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अधिकाँश ठाउँमा आंशिक बदली र अन्य भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार र बुधबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.