भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

रौतहट प्रहरीद्वारा चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

रौतहट प्रहरीद्वारा चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

रौतहट । प्रहरीले मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ। रौतहट स्थित चोरीको मोटरसाइकलसहित प्रहरीले २ जना युवकलाई पक्राउ गरेको हो । चोरीको मोटरसाइकल सहित पक्राउ परेका दुवै जना जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीय बौद्धीमाई नगरपालिका–५ का वर्ष २० को भगत भन्ने अभिषेक यादव र वर्ष २१ को मुकेश कुमार राम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मोटरसाइकल चोरीको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट खटिएको प्रहरीको टोलीले खोजतलासको क्रममा बौद्धीमाई नगरपालिका ५ स्थित उक्त मोटरसाइकल सहित दुवै जना लाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान २ः३० बजे परोहा नगरपालिका ६ बस्ने मोतीलाल प्रसाद कुर्मीको नाममा दर्ता रहेको ना २० प ५८३२ नम्बर को १२५ सिसीको सुपर स्पलेण्डर मोटरसाइकल घरको बरण्डामा पार्किङ गरी राखेको स्थानबाट चोरी भएको थियो।

 


Thali Mobile Pvt.Ltd.