भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

मुख्य बुँदा

देशभरबाट लागुऔषधसहित २५ जना पक्राउ।

काठमाडौं, मोरङ, सुर्खेत, बर्दिया, कैलाली, झापा, दाङ र डडेलधुरामा प्रहरीको कारबाही।

खैरो हेरोइन, ट्रामाडोल र ३५ किलो चरेस बरामद।

झापाबाट लागुऔषधसँगै १२ हजार २२५ रुपैयाँ नगद पनि बरामद।

पक्राउ परेकामाथि थप अनुसन्धान जारी।

काठमाडौँ, १५ साउन  । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको टेकु र तिनथाना गैरीगाउँ, मोरङको विराटनगर विमानस्थल र हरूचोक, सुर्खेतको चनौटे, बर्दियाको चेपाङ बजार, डाँफे, लालपुर चोक र कोठियाघाट, कैलालीको मिलनचोक, झापाको चाँदनी चोक, दाङको जुरौनी तथा डडेलधुराको स्याउलेबाट विभिन्न प्रकारका लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार टेकुबाट १२ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना, तिनथाना गैरीगाउँबाट ट्रामाडोल ३० ट्याब्लेटसहित चार जना, विराटनगर विमानस्थलबाट १८ ग्राम ४८ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना तथा हरूचोकबाट ६ सय ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका हुन् ।

यसैगरी, चनौटेबाट ५ ग्राम ६ सय ९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना, चेपाङ बजार, डाँफे, लालपुर चोक तथा कोठियाघाट–ओरालीबजारबाट विभिन्न परिमाणको खैरो हेरोइनजस्तो देखिने पदार्थसहित आठ जना, मिलनचोकबाट २ सय ४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना तथा चाँदनी चोकबाट १ ग्राम २ सय ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद रु १२ हजार २२५ सहित एक जना पक्राउ परेका छन् ।

त्यसैगरी, दाङको जुरौनीबाट ३५ किलोग्राम चरेससहित एक जना तथा स्याउलेबाट १६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.