भर्खरै : Sorry, your browser does not support inline SVG.
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड |

गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी

गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी

काठमाडौं, १५ साउन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमास तथा अन्य सशस्त्र समूहको पूर्ण निःशस्त्रीकरणका लागि सहमति भएको दाबी गरेका छन्। उनका अनुसार उक्त प्रक्रिया पूरा भएसँगै इजरायली सेना गाजाबाट चरणबद्ध रूपमा फिर्ता हुने मार्ग खुल्नेछ।

बीबीसीसँग कुरा गर्दै हमासका एक वरिष्ठ अधिकारीले पनि संगठन निःशस्त्रीकरणको योजनामा सहमत भएको बताएका छन्। यसबारे औपचारिक घोषणा चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ। यद्यपि, इजरायलले भने हालसम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

ट्रम्पले उल्लेख गरेको ‘बोर्ड अफ पिस’ले महिनौँसम्म चलेको वार्तापछि सहमति भएको जनाएको छ। बोर्डका अनुसार यो योजनाले गाजामा सुरक्षा, मानवीय सहायता, पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा नयाँ शासन प्रणाली स्थापना गर्ने आधार तयार गर्नेछ।

सम्झौताअनुसार हमासले आफ्ना हतियार क्रमशः त्याग्नेछ। त्यसपछि इजरायली सेना गाजाबाट चरणबद्ध रूपमा फिर्ता हुनेछ। यसलाई नयाँ प्यालेस्टिनी अन्तरिम प्रशासन गठनसँग पनि जोडिएको बताइएको छ।

योजनाअनुसार पहिलो चरणमा गाजामा रहेका अन्य साना सशस्त्र समूहलाई निःशस्त्रीकरण गरिनेछ। त्यसपछि हमासले आफ्ना सुरुङ, हतियार भण्डार तथा हतियार उत्पादन केन्द्रहरू क्रमशः हटाउनेछ। यो प्रक्रिया लामो समय लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।

बीबीसीले प्राप्त गरेको चार पृष्ठको ‘रोडम्याप’अनुसार सम्पूर्ण प्रक्रिया अन्तर्राष्ट्रिय अनुगमन तथा प्रमाणीकरणका आधारमा अघि बढाइनेछ। कुनै पनि पक्षले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म अर्को चरणमा प्रवेश गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ।

सम्झौताको दाबी सार्वजनिक भए पनि गाजाका सर्वसाधारणमा भने उत्साहभन्दा शंका बढी देखिएको छ। विगतमा भएका धेरै युद्धविराम र शान्ति सम्झौता कार्यान्वयन हुन नसकेका कारण नयाँ घोषणाप्रति जनविश्वास कमजोर रहेको बताइएको छ।

स्थानीय बासिन्दाले सामाजिक सञ्जालमार्फत आफूहरूलाई राजनीतिक घोषणाभन्दा युद्ध वास्तवमै अन्त्य हुन्छ कि हुँदैन, विस्थापित परिवार घर फर्किन पाउँछन् कि पाउँदैनन् तथा दीर्घकालीन राहत सुनिश्चित हुन्छ कि हुँदैन भन्ने विषय बढी महत्वपूर्ण रहेको बताएका छन्।

यदि यो योजना पूर्ण रूपमा कार्यान्वयन भयो भने, झन्डै तीन वर्षदेखि जारी गाजा युद्ध अन्त्य गर्ने र नयाँ राजनीतिक प्रक्रियाको ढोका खोल्ने दिशामा यो अहिलेसम्मकै महत्वपूर्ण पहल बन्न सक्ने विश्लेषण गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.