भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

२ सय ७६ ट्रक गाजामा सहायताका लागि तयार

२ सय ७६ ट्रक गाजामा सहायताका लागि तयार

एजेन्सी । गाजामा खाद्यान्न वितरण फेरि शुरु भएको छ । अमेरिकी सहायता सङ्गठन वर्ल्ड सेन्ट्रल किचेनले खाद्यान्न वितरण गर्ने भएको हो । सहयोगका लागि संस्थाले ८० लाख प्याकेट खाद्यान्नसहित २ सय ७६ ट्रक तयार पारिसकेको खबरमा उल्लेख छ ।

हायताकर्मीहरू रफाह हुँदै गाजा प्रवेश गर्नेछन् । झण्डै एक महिनाअघि इजरायली आक्रमणमा परेर आफ्ना सात जना कर्मचारीको ज्यान गएको घटनापछि वल्ड सेन्ट्रल किचेनले गाजामा सहायता उपलब्ध गराउने काम रोकेको थियो ।

वर्ल्ड सेन्ट्रल किचनका सीईओ एरिन गोरले गाजामा मानवीय अवस्था अत्यन्तै गम्भीर रहेकोले सकेसम्म धेरै मानिसलाई खाना उपलब्ध गराउने प्रयास गर्ने बताएको छ । संस्थाले विज्ञप्ति निकालेर गाजामा सहायता अति आवश्यक भएकाले सहयोग जारी राख्ने बताएको बीबीसीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.