भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

कालो सिसा प्रयोग गर्ने ५७ सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा

कालो सिसा प्रयोग गर्ने ५७ सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौँ, १५ असार । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालो सिसा प्रयोग गरेर सवारी सञ्चालन गर्ने ५७ जना सवारीचालकलाई कारबाही गर्दै जरिवाना गरेको छ।

उपत्यकाका विभिन्न स्थानमा आइतबार सञ्चालन गरिएको विशेष ट्राफिक जाँच अभियानका क्रममा कालो सिसा प्रयोग गरेका सवारीसाधनलाई नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेका अनुसार सवारीसाधनमा कालो सिसा प्रयोग गर्न नपाइने कानुनी व्यवस्था भएकाले नियम उल्लङ्घन गर्ने सवारीमाथि निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको हो।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय निजी तथा सार्वजनिक सवारी, विशेषगरी माइक्रोबस र ट्याक्सीमा कालो सिसाको प्रयोग बढ्दै गएको पाइएकाले विशेष अभियान सञ्चालन गरिएको हो।

प्रहरीले कालो सिसाका कारण सवारीभित्र हुने गतिविधि बाहिरबाट देख्न कठिन हुने, जसले साना हतियार, लागूऔषध ओसारपसार, फरार अपराधीको आवतजावत तथा अन्य आपराधिक गतिविधि लुकाउन सहज हुने भएकाले यस्तो कार्यविरुद्ध निगरानी निरन्तर जारी रहने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.