भर्खरै : Sorry, your browser does not support inline SVG.
डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा, डब्ल्यूएचओले आफूहरुलाई आर्थिक क्षति पुर्‍याएको आरोप | कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब | अमेरिकी डलर एकको खरिददर शुक्रबार १३९ रूपैयाँ ८३ पैसा | काठमाण्डौ उपत्यकामा अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने | ट्रक दुर्घटना हुँदा कालीकोटमा एक जनाको मृत्यु | सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी | चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सबैभन्दा धेरै हुलाकी राजमार्गमा कालोपत्रे | नेपालमा मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा सबै भन्दा कम प्रगति |

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा हुने, आँचलदेखि विदेशी चलचित्रकर्मी निर्णायकमा

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा हुने, आँचलदेखि विदेशी चलचित्रकर्मी निर्णायकमा image
  • चैत्र १६ देखि पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा : प्रवेश निःशुल्क
  • NCIFF मा ४ दर्जन बढी फिल्महरु
  • ४ दर्जन बढी स्वदेशी र विदेशी फिल्महरु निःशुल्क हेर्न पाईने चलचित्र महोत्सव : NCIFF
  • निःशुल्क फिल्म हेर्ने ? ४ दर्जन बढी फिल्महरु प्रदर्शन हुँदैछन् यो चलचित्र महोत्सवमा 

काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा ३७ देशका ४ दर्जनबढी विभिन्न विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ ।

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा नायिका आँचल शर्मा, कलाकार मोहन निरौला, अभिनेत्री सुष्मा कार्की, चलचित्रकर्मी मोहन राई, पत्रकार शान्ती प्रिय, जय निशान्त र सुवास प्रधान रहेका छन् । त्यस्तै अन्तराष्ट्रिय निर्णायकमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी लजुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर छन् ।

तीन दिने चलचित्र महोत्सवमा फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास पनि राखिएको छ । चलचित्र विकास बोर्डमा मार्च ३० अर्थात् चैत्र १७ गते सर्बियाकी लजुबिन्का स्टोजानोभिकले चलचित्र सम्बन्धी कार्यशाला दिनेछिन् भने मार्च ३१ मा भारतका मुश्ताक अली अहमद खानले मास्टर क्लास दिने भएका छन् ।

महोत्सवको आयोजक रहेको नेपाल संस्कृति तथा चलचित्र केन्द्रले महोत्सवको तालिकासमेत सार्वजनिक गरेको छ । महोत्सवमा नेपाली चलचित्र चिसो मान्छे, महापुरुष, छक्का पञ्जा ४ लगायत अन्य विभिन्न विधाका चलचित्रहरुका साथै विदेशी ३ दर्जनजति चलचित्रहरु समावेश भएका छन् । कुनै पनि चलचित्रहरु हेर्न पैसा नलाग्ने र कार्यक्रममा प्रवेश निःशुल्क रहेको जनाइएको छ ।

अन्य चलचित्र महोत्सवले प्रवेश शुल्क लिने गरेको तर यो महोत्सवमा कसैलाई पनि प्रवेश र चलचित्र हेर्न कुनै पैसा नलाग्ने भएको कारण सर्वसाधारण, विद्यार्थी, चलचित्रकर्मी लगायत सबैलाई समान रुपमा समेट्न सकिने आयोजक टीमले बताएको छ । मानव अधिकार, सामाजिक न्याय र दिगो विकासका विषयलाई केन्द्रमा राखेर चलचित्र महोत्सवको आयोजना गर्न लागिएको नेपाल संस्कृति तथा चलचित्र केन्द्र (एनसीएफसी) ले जनाएको छ ।

चलचित्र महोत्सवको अन्तीम दिन सात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा महोत्सवमा सहभागी १५ स्वदेशी र १५ वटा विदेशी फरक फरक विधाका उत्कृष्ट फिल्महरुलाई पुरस्कृत समेत गरिनेछ । यो महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघुचलचित्रमात्र नभएर उत्कृष्ट महिला चलचित्र, उत्कृष्ट बालबालिका चलचित्र, उत्कृष्ट सांस्कृतिक चलचित्र, उत्कृष्ट वातावरणीय चलचित्र, उत्कृष्ट डकुमेन्ट्री लगायत धेरै विधाहरु भएकाले अन्य विधालाई पनि प्रोत्साहन गरेको कारण यो चलचित्र महोत्सव अझ बढी महत्वपुर्ण रहेको महोत्सव निर्देशक सन्तोष सुवेदी बताउँछन् ।

नेपालमा विधाअनुसारको विषयवस्तुमा कम फिल्म बन्छ, कि त बन्दै बन्दैन । बनेपनि त्यसलाई प्रदर्शन गर्ने स्थान र प्रोत्साहन गर्ने संस्था छैन । विषयगत चलचित्रहरु उत्कृष्ट बन्दा पनि तिनिहरुले स्थान पाउँदैनन्, पाईहालेपनि प्रतिस्पर्धामा पछाडी नै राखिन्छ । तर यो महोत्सवले सबैलाई समेट्न सकेको उनको दावी छ । अझ महोत्सवको पछिल्लो संस्करणमा अन्य विधाहरु पनि थप्दै जाने सुवेदी बताउँछन् ।

चलचित्र महोत्सव गर्नु आफैमा पनि च्यालेन्जीङ कार्य हो र यसमा सरकारी तथा सम्बन्धित निकायहरु आफै अग्रसर भएर कार्य गर्नुपर्नेमा मौन बस्नु र सहयोग नगर्नु दुःखद कुरा भएको उनको भनाई छ । मुटुको शल्यक्रिया भएको केहि महिनापछि पनि सक्रिय भएर महोत्सवको आयोजना गरेर देशलाई अन्तराष्ट्रिय रुपमा चिनाउन पाउँदा आफैलाई गौरव लाग्ने गरेको सुवेदीले बताए । उनले तीनदिने चलचित्र महोत्सवमा चलचित्रकर्मी, कलाकार, रंगकर्मी, विद्यार्थी, पत्रकार, राजनितिज्ञ लगायत सबैलाई उपस्थित हुन अनुरोध गरेका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • चर्चित गायिका मेलिना राईको इन्गेजमेन्ट image

    चर्चित गायिका मेलिना राईको इन्गेजमेन्ट

    काठमाडौं । चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छन् । तस्बिरहरू सार्वजनिक भएसँगै उनलाई फ्यान, शुभचिन्तक एवं कलाकारहरूले बधाई दिइरहेका छन् । ध्रुव गुरूङसँग इन्गेजमेन्ट गरेकी मेलिनाको विवाह शुक्रबार...

  • सलमानको सुरक्षामा ११ सुरक्षाकर्मी image

    सलमानको सुरक्षामा ११ सुरक्षाकर्मी

    मुम्बई। बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्टको बालकोनीमा मर्मतको काम भइरहेको छ । उनको र उनको परिवारको सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको...

  • म हारमा पनि जित खोजिरेछु image

    म हारमा पनि जित खोजिरेछु

    कविता: कयौं बर्षहरू भयो म हार्न थालेको म मेरो संर्घषमा हारे जिवनको परिक्षामा हारे सफलता पाउन पाउन लागेको थिए त्यहाँ झन नमज्जाले पर्छारिए सबै तर्फबाट गालि, घृणा पाए तर,...

  • आज भक्तपुरमा राष्ट्रिय कलाकारको वेजोड प्रस्तुती image

    आज भक्तपुरमा राष्ट्रिय कलाकारको वेजोड प्रस्तुती

    भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा महेश्वरी खेलमैदान हनुमानघाटमा आयोजना गरिएको भक्तपुर महोत्सव तथा व्यापार मेलामा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड साँस्कृतिक प्रस्तुती रहने भएको छ । मंसिर २८...


hotelghyampedanda