भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गृहमन्त्रीमाथि संसदीय छानबिन गरौंः कांग्रेस

गृहमन्त्रीमाथि संसदीय छानबिन गरौंः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेस थप आक्रामक बनेको छ । सहकारी ठगीमा लामिछानेको संलग्नता पुष्टि हुने कुनै प्रमाण नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार संसद्को रोस्ट्रमबाटै प्रतिरक्षा गरेपछि असन्तुष्ट कांग्रेसले विकल्पमा संसदीय छानबिन समितिको माग गरेको छ ।

यसमा सत्ता गठबन्धन भने सकारात्मक देखिएको छैन । संसद्बाट बाहिरिँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले उठाएको संसदीय समितिको माग पूरा नहुने बताए ।

पोखराको सूर्यदर्शन सहकारीका पीडित बचतकर्ताले लामिछानेसमेतको संलग्नतामा सहकारीको पैसा अपचलन भएको भनेर प्रहरीमा दर्ता गरेको जाहेरीमाथि अनुसन्धान चलिरहेका बेला स्वार्थ बाझिने गरी लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै कांग्रेसले संसद्मा यसको विरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.