भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाली डाक्टर सुजितकुमार साहको दिल्लीमा शव भेटियो

नेपाली डाक्टर सुजितकुमार साहको दिल्लीमा शव भेटियो

एजेन्सी । कलेजो प्रत्यारोपण विशेषज्ञ डा। सुजितकुमार साहको भारतको नयाँ दिल्लीमा शव फेला परेको छ । मेदान्त अस्पताल गुरुग्राममा कार्यरत ४१ वर्षीय डा.साहको हिजो शव फेला परेको थियो ।

मेदान्त अस्पतालमा सन् २०१६ देखि कार्यरत साह रोबोटिक सर्जन हुन् । सिरहाका स्थायी बासिन्दा साहका श्रीमती र एक छोरी छन् । भारतीय सञ्चारमाध्यमले डा। साहले आत्महत्या गरेको दावी गरेका छन् । आफू बस्ने फ्ल्याटको भुइँमा उनको शव फेला परेको थियो । प्रहरीले ८ औँ तलाको बालकोनीबाट हामफालेर डा।साहले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।

परिवार हिमाञ्चल प्रदेशमा बस्ने भएकाले उनी फ्ल्याटमा एक्लै थिए । पोखरास्थित मणिपाल शिक्षण अस्पतालबाट एमबिबिएस गरेका साहले एम्सबाट एमसिएच गरेका थिए । उनका दर्जनौँ लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन् । छोटो समयमा डा।साहले कलेजो प्रत्यारोपणमा भारतमै चर्चा प्राप्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.