भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

कमजोर मनसुनका कारण वर्षा न्यून, धान रोपाइँ प्रभावित

कमजोर मनसुनका कारण वर्षा न्यून, धान रोपाइँ प्रभावित

काठमाडौं, १३ असार । नेपालमा मनसुन भित्रिएको एक साताभन्दा बढी समय बितिसक्दा पनि मनसुन प्रणाली अझै पूर्ण रूपमा सक्रिय हुन सकेको छैन। पर्याप्त वर्षा नहुँदा देशका अधिकांश क्षेत्रमा गर्मी बढेको छ भने धान रोपाइँ पनि अपेक्षित रूपमा अघि बढ्न सकेको छैन।

जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलिमिटर वर्षा भएको छ, जुन यस अवधिको औसत २१४ मिलिमिटरको ६९.६ प्रतिशत मात्र हो। विभागले दैनिक औसतको ९० प्रतिशतभन्दा कम वर्षा भएको जनाएको छ।

विभागका अनुसार महिनाको सुरुआती दिनमा वर्षा अत्यन्त न्यून भएको थियो। पछिल्ला दिनमा केही सुधार देखिए पनि वर्षा अझै सामान्य अवस्थासम्म पुग्न सकेको छैन।

मौसमविद्का अनुसार यस वर्ष मनसुन नेपालमा सरदरभन्दा ढिलो प्रवेश गर्नुका साथै प्रारम्भिक चरणमै कमजोर रहेकाले वर्षा कम भएको हो। यसको असर कृषि, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा समेत पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

हाल मनसुन कोशीदेखि लुम्बिनीसम्मका केही भूभागमा मात्रै सीमित रहेको छ। देशका बाँकी क्षेत्रमा मनसुन विस्तार हुन अझै केही दिन लाग्ने मौसमविदहरूको अनुमान छ। गएराति भने पूर्वदेखि पश्चिमसम्मका धेरै स्थानमा वर्षा भएको थियो।

आज कोशी प्रदेशका तराईका केही स्थान, मधेशका थोरै भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर (हिटवेभ) को सम्भावना रहेको छ भने आज राति कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.