भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कमजोर मनसुनका कारण वर्षा न्यून, धान रोपाइँ प्रभावित

कमजोर मनसुनका कारण वर्षा न्यून, धान रोपाइँ प्रभावित

काठमाडौं, १३ असार । नेपालमा मनसुन भित्रिएको एक साताभन्दा बढी समय बितिसक्दा पनि मनसुन प्रणाली अझै पूर्ण रूपमा सक्रिय हुन सकेको छैन। पर्याप्त वर्षा नहुँदा देशका अधिकांश क्षेत्रमा गर्मी बढेको छ भने धान रोपाइँ पनि अपेक्षित रूपमा अघि बढ्न सकेको छैन।

जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलिमिटर वर्षा भएको छ, जुन यस अवधिको औसत २१४ मिलिमिटरको ६९.६ प्रतिशत मात्र हो। विभागले दैनिक औसतको ९० प्रतिशतभन्दा कम वर्षा भएको जनाएको छ।

विभागका अनुसार महिनाको सुरुआती दिनमा वर्षा अत्यन्त न्यून भएको थियो। पछिल्ला दिनमा केही सुधार देखिए पनि वर्षा अझै सामान्य अवस्थासम्म पुग्न सकेको छैन।

मौसमविद्का अनुसार यस वर्ष मनसुन नेपालमा सरदरभन्दा ढिलो प्रवेश गर्नुका साथै प्रारम्भिक चरणमै कमजोर रहेकाले वर्षा कम भएको हो। यसको असर कृषि, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा समेत पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

हाल मनसुन कोशीदेखि लुम्बिनीसम्मका केही भूभागमा मात्रै सीमित रहेको छ। देशका बाँकी क्षेत्रमा मनसुन विस्तार हुन अझै केही दिन लाग्ने मौसमविदहरूको अनुमान छ। गएराति भने पूर्वदेखि पश्चिमसम्मका धेरै स्थानमा वर्षा भएको थियो।

आज कोशी प्रदेशका तराईका केही स्थान, मधेशका थोरै भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर (हिटवेभ) को सम्भावना रहेको छ भने आज राति कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.