भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

युद्धविराम उल्लङ्घनको आरोपपछि अमेरिकाद्वारा इरानी लक्ष्यमा ड्रोन आक्रमण

युद्धविराम उल्लङ्घनको आरोपपछि अमेरिकाद्वारा इरानी लक्ष्यमा ड्रोन आक्रमण

काठमाडौं, १३ असार । अमेरिकाले इरानी लक्ष्यमा ड्रोन आक्रमण गरेको छ। इरानले हालै भएको युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी सेनाले उक्त आक्रमण गरेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलडमरू हुँदै गइरहेको कार्गो जहाजमाथि इरानले आक्रमण गरेर युद्धविराम तोडेको दाबी गरेका छन्। ट्रम्पको आरोपपछि अमेरिकी सेनाले इरानी लक्ष्यमा ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानले हर्मुज जलमार्ग हुँदै गइरहेका जहाजमाथि कम्तीमा चारवटा ड्रोन प्रहार गरेको उल्लेख गरेका छन्। आक्रमणबाट मालवाहक जहाजमा क्षति पुगे पनि जहाजले आफ्नो यात्रा जारी राखेको जनाइएको छ।

यद्यपि, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले भने घटनाको जिम्मेवार अमेरिका र इजरायल नै रहेको दाबी गरेको छ।

अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण फेब्रुअरीको अन्तिम सातादेखि खाडी क्षेत्रमा सयौँ जहाज र हजारौँ नाविक प्रभावित भएका छन्।

यसअघि हर्मुज जलमार्ग पुनः सञ्चालनमा आएपछि संयुक्त राष्ट्रसंघले उद्धार तथा निकासी अभियान सुरु गर्ने घोषणा गरेको थियो। तर पछिल्लो घटनापछि उक्त अभियान अस्थायी रूपमा स्थगित गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.