भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

युद्धविराम उल्लङ्घनको आरोपपछि अमेरिकाद्वारा इरानी लक्ष्यमा ड्रोन आक्रमण

युद्धविराम उल्लङ्घनको आरोपपछि अमेरिकाद्वारा इरानी लक्ष्यमा ड्रोन आक्रमण

काठमाडौं, १३ असार । अमेरिकाले इरानी लक्ष्यमा ड्रोन आक्रमण गरेको छ। इरानले हालै भएको युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी सेनाले उक्त आक्रमण गरेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलडमरू हुँदै गइरहेको कार्गो जहाजमाथि इरानले आक्रमण गरेर युद्धविराम तोडेको दाबी गरेका छन्। ट्रम्पको आरोपपछि अमेरिकी सेनाले इरानी लक्ष्यमा ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानले हर्मुज जलमार्ग हुँदै गइरहेका जहाजमाथि कम्तीमा चारवटा ड्रोन प्रहार गरेको उल्लेख गरेका छन्। आक्रमणबाट मालवाहक जहाजमा क्षति पुगे पनि जहाजले आफ्नो यात्रा जारी राखेको जनाइएको छ।

यद्यपि, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले भने घटनाको जिम्मेवार अमेरिका र इजरायल नै रहेको दाबी गरेको छ।

अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण फेब्रुअरीको अन्तिम सातादेखि खाडी क्षेत्रमा सयौँ जहाज र हजारौँ नाविक प्रभावित भएका छन्।

यसअघि हर्मुज जलमार्ग पुनः सञ्चालनमा आएपछि संयुक्त राष्ट्रसंघले उद्धार तथा निकासी अभियान सुरु गर्ने घोषणा गरेको थियो। तर पछिल्लो घटनापछि उक्त अभियान अस्थायी रूपमा स्थगित गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.