भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आज केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

आज केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २९ चैत । देशभर हाल कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखा का अनुसार यसको प्रभावले विभिन्न स्थानमा आंशिक बदली भएको छ ।

हाल पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश भागमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ । महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी भेगमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम सफा रहने छ । कोशी प्रदेश का पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेश का हिमाली भेगमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ ।

आज राति भने हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

सम्भावित वर्षा तथा हिमपातलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका सर्वसाधारण तथा यातायात सञ्चालनकर्तालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.