भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आज केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

आज केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २९ चैत । देशभर हाल कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखा का अनुसार यसको प्रभावले विभिन्न स्थानमा आंशिक बदली भएको छ ।

हाल पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश भागमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ । महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी भेगमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम सफा रहने छ । कोशी प्रदेश का पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेश का हिमाली भेगमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ ।

आज राति भने हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

सम्भावित वर्षा तथा हिमपातलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका सर्वसाधारण तथा यातायात सञ्चालनकर्तालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.