भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

इस्लामावाद वार्ता निष्कर्षविहीन, अमेरिका–इरान तनाव बढ्ने संकेत

इस्लामावाद वार्ता निष्कर्षविहीन, अमेरिका–इरान तनाव बढ्ने संकेत

एजेन्सी । इस्लामावादमा अमेरिका र इरानबीच भएको उच्चस्तरीय शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुंगिएको छ । करिब २१ घण्टा लामो छलफलपछि दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि वार्ता निष्कर्षविहीन बनेको हो ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिका लचिलो बन्ने प्रयास गरे पनि इरानले प्रस्ताव स्वीकार नगरेको बताए । उनका अनुसार अमेरिकाले ‘अन्तिम र उत्कृष्ट प्रस्ताव’ प्रस्तुत गरिसकेको छ र अब निर्णय इरानकै हातमा रहेको छ । 

त्यसैगरी अमेरिकी टोलीमा जारेड कुश्नर र स्टिभ विट्क पनि सहभागी थिए । वार्तामा इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्ने विषय अमेरिकाको मुख्य प्राथमिकता रहेको जनाइएको छ ।

यता, इरानले भने अमेरिकामाथि अत्यधिक र गैरकानुनी माग राखेको आरोप लगाएको छ । इरानी विदेश मन्त्रालयले आफ्नो वैध अधिकारको सम्मान नभएसम्म कुनै सम्झौता सम्भव नभएको स्पष्ट पारेको छ ।

यस वार्तामा मध्यस्थकर्ता बनेको पाकिस्तानको भूमिकाको अमेरिकाले प्रशंसा गरेको छ । तर वार्ता असफल भएपछि मध्यपूर्व क्षेत्रमा तनाव अझ बढ्ने संकेत देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.