काठमाडौं । ‘अक्वा त्रिदेव’ ब्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएको छ । मानव जीवनमा खेलवाड गरेको भन्दै काठमाडौँ महानगरपालिकाले २ लाख जरिवाना गरेको छ । तारकेश्वर नगरपालिका वडा नं. १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको पानी हो ।
साउन २५ गते गोङ्गवु क्षेत्रबाट विभिन्न ५ वटा ब्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएको थियो । यसरी लिइएको नमुना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । नमुना परीक्षणबाट मंगलबार रिपोर्ट प्राप्त भयो ।
प्राप्त रिपोर्टमा अक्वा त्रिदेव ब्राण्डको पानीमा फिकल कोलिफर्म भेटिएको महानगरको भनाइ छ । प्रति १ सय मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सिएफयु) देखिएको महानगरले जनाएको खाद्य प्राविधिक अनिल बस्नेतले बताए ।
खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८० बमोजिम प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । पानीमा सिएफयु ३ सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो’, उनले भने । कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो । जरिवाना गरिएसँगै यो ब्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
हेटौँडा । तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष...
काठमाडौं, ८ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपालले साढे दुई अर्ब रुपैयाँ बराबरको सिमेन्ट र सिमेन्ट क्लिङ्कर भारतमा निर्यात गरेको छ। भन्सार विभागले बुधबार सार्वजनिक...
कञ्चनपुर । कञ्चनपुर–कैलालीमा सारस चराको सङ्ख्या बर्सेनी घट्दो क्रममा रहेको छ। सिमसार क्षेत्रमा देखापर्ने सारस हाल देख्नै मुस्किल हुन थालेको छ। सिमसार क्षेत्र मासेर खेती गरिन थालेपछि सारसको बासस्थान...
म्याग्दी । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’को निर्माण कार्य सुरु भएको छ । निर्माणाधीन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामकरण गरिएको छ...