भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

डाक्टरको बलात्कार र हत्याको विरोधमा कोलकातामा गएराति ठूलो प्रदर्शन

डाक्टरको बलात्कार र हत्याको विरोधमा कोलकातामा गएराति ठूलो प्रदर्शन

भारत । गएको हप्ता भारतको पश्चिम बङ्गाल राज्यको कोलकातामा एक सरकारी अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा पश्चिम बङ्गालका दशौं हजार महिलाले गएराति सडकमा जुलुस निकालेका छन् ।

गएको शुक्रवार आरजी आर मेडिकल कलेजमा ३१ वर्षीया महिला प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्यापछि कोलकातामा गएराति ठूलो विरोध प्रदर्शन भएको बीबीसीले जनाएको छ । यस्तै दिल्ली, हैदराबाद, मुम्बई र पुणे जस्ता अन्य शहरहरूमा पनि प्रदर्शन भएको छ ।

प्रदर्शनमा महिलासँगै पुरुष पनि सहभागी भएका थिए । उनीहरूले ‘हामी न्याय चाहन्छौँ’ भन्दै नारा लगाएका थिए । प्रदर्शनकै क्रममा थाहा नभएको समूहले डाक्टरको हत्या भएको अस्पताल परिसर, गाडी र सार्वजनिक सम्पत्तिमा तोडफोड गरेर क्षति पुर्‍याएको बीबीसीको खबरमा उल्लेख छ ।

प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । अस्पतालमा डाक्टरको बलात्कार र हत्या भएको प्रकरणमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको छ । तर प्रदर्शनकारी डाक्टरहरूको आक्रोश कम भएको छैन । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.