DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कङ्गोमा मंकीपक्स रोगबाट ४ सय ५० भन्दा बढीले ज्यान गुमाए, विश्व स्वास्थ्य सङ्गठनद्वारा सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा

कङ्गोमा मंकीपक्स रोगबाट ४ सय ५० भन्दा बढीले ज्यान गुमाए, विश्व स्वास्थ्य सङ्गठनद्वारा सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा image

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले मंकीपक्स रोग अन्तर्राष्ट्रिय चिन्ताको विषयको वनेको बताएको छ । अफ्रिकाका केही भागबाट मंकीपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य आपत्कालको रुपमा घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन्। उनले भने, ‘अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र जनताको जीवन बचाउन सकिन्छ ।

मंकीपक्स एक सङ्क्रामक रोग हो । अफ्रिकी देश कङ्गोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएको समाचारमा जनाइएको छ । अहिले यो रोग मध्य र पूर्वी अफ्रिकामा पनि तीव्र गतिमा फैलिरहेको छ । वैज्ञानिकहरूले रोग द्रुत रूपमा फैलिरहेको र नयाँ भेरियन्टसँगै उच्च मृत्यु दरप्रति चिन्ता व्यक्त गरेका छन्।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.