भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

कङ्गोमा मंकीपक्स रोगबाट ४ सय ५० भन्दा बढीले ज्यान गुमाए, विश्व स्वास्थ्य सङ्गठनद्वारा सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा

कङ्गोमा मंकीपक्स रोगबाट ४ सय ५० भन्दा बढीले ज्यान गुमाए, विश्व स्वास्थ्य सङ्गठनद्वारा सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले मंकीपक्स रोग अन्तर्राष्ट्रिय चिन्ताको विषयको वनेको बताएको छ । अफ्रिकाका केही भागबाट मंकीपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य आपत्कालको रुपमा घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन्। उनले भने, ‘अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र जनताको जीवन बचाउन सकिन्छ ।

मंकीपक्स एक सङ्क्रामक रोग हो । अफ्रिकी देश कङ्गोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएको समाचारमा जनाइएको छ । अहिले यो रोग मध्य र पूर्वी अफ्रिकामा पनि तीव्र गतिमा फैलिरहेको छ । वैज्ञानिकहरूले रोग द्रुत रूपमा फैलिरहेको र नयाँ भेरियन्टसँगै उच्च मृत्यु दरप्रति चिन्ता व्यक्त गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.