भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नगरकोटमा शुक्रबारे हाटबजार प्रभावकारी रुपमा सञ्चालन भएपछि अनेत्र पनि सिको हुँदै

नगरकोटमा शुक्रबारे हाटबजार प्रभावकारी रुपमा सञ्चालन भएपछि अनेत्र पनि सिको हुँदै

भक्तपुर । विगत एक वर्षदेखि नगरकोटमा प्राङ्गारिक (अर्गानिक) तकारीको हाटबजार सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल नगरकोटमा आस्क नेपाल ( आपसी सहयोग केन्द्र) काभ्रे शाखाको आयोजना र काभ्रेको मण्डनदेउपुर नगरपालिका, चाँगुनारायण नगरपालिका वडा नं ६ को सम्वनयमा प्रत्यक शुक्रबार नगरकोटमा शुक्रबारे तरकारी हाटबजार सञ्चालन भइरहेको हो ।

हाट बजारमा फर्सिको मुन्टा, बन्दा, काउली, अदुवा, बोडी, कर्कलोको गाभा, स्कुस, भटमास, हरियो सिमी, तिते करेला, खुर्सानी, रैथाने कुखुरा, धनियाँ, रैथाने बोडी, निउँरो, जिम्बु, सुकेको सिमी, प्याज, लसुन, गोलभेँडा, काक्रो, कोदो, फापरको पीठो समेत राखिने गरिएको छ ।

यहाँ राखिएको तरकारीजन्य सामग्री नगरकोटका होटल व्यवसायी तथा यहाँ घुम्न आउने पर्यटकहरुले खरिद गर्ने गरेका छन् ।
हाटबजारमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर पिजिएस् प्रमाणीकरण किसान समूहद्वारा उत्पादित ‘अर्गानिक’ उन्मुख तरकारी बिक्रीका लागि राखिन्छ भने भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ का स्थानीय किसानले उत्पादन गरेको तरकारी समेत राखिने गरिएको आस्क नेपाल काभ्रेले जनाएको छ ।

हाटबजारमा किसानले घरमै उत्पादित घ्यू, मह र विभिन्न जातका नास्पाती, कागतीलगायत फलफूल तथा यिनका बिरुवासमेत बिक्रीका लागि राख्ने गरेका छन् । हाटबजार नगरकोट क्षेत्रको पायक पर्ने चाँगुनारायण नपा–६ स्थित महामञ्जुश्री चोकमा प्रत्यक शुक्रबार सञ्चालन हुने गरेको छ ।

नगरकोटमा शुक्रबारे हाटबजार प्रभावकारी रुपमा सञ्चालन भएपछि अनेत्र पनि सिको हुँदै

नगरकोटमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको आवागमन बढी हुने भएकाले पनि हाटबजार चर्चित बन्दै गएको । पछिल्लो समय नगरकोटमा सञ्चालन गरिएको हाटबजारको सिको अन्य पालिकामा पनि गर्न थालिएको छ ।

 


Thali Mobile Pvt.Ltd.