भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नगरकोटमा शुक्रबारे हाटबजार प्रभावकारी रुपमा सञ्चालन भएपछि अनेत्र पनि सिको हुँदै

नगरकोटमा शुक्रबारे हाटबजार प्रभावकारी रुपमा सञ्चालन भएपछि अनेत्र पनि सिको हुँदै

भक्तपुर । विगत एक वर्षदेखि नगरकोटमा प्राङ्गारिक (अर्गानिक) तकारीको हाटबजार सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल नगरकोटमा आस्क नेपाल ( आपसी सहयोग केन्द्र) काभ्रे शाखाको आयोजना र काभ्रेको मण्डनदेउपुर नगरपालिका, चाँगुनारायण नगरपालिका वडा नं ६ को सम्वनयमा प्रत्यक शुक्रबार नगरकोटमा शुक्रबारे तरकारी हाटबजार सञ्चालन भइरहेको हो ।

हाट बजारमा फर्सिको मुन्टा, बन्दा, काउली, अदुवा, बोडी, कर्कलोको गाभा, स्कुस, भटमास, हरियो सिमी, तिते करेला, खुर्सानी, रैथाने कुखुरा, धनियाँ, रैथाने बोडी, निउँरो, जिम्बु, सुकेको सिमी, प्याज, लसुन, गोलभेँडा, काक्रो, कोदो, फापरको पीठो समेत राखिने गरिएको छ ।

यहाँ राखिएको तरकारीजन्य सामग्री नगरकोटका होटल व्यवसायी तथा यहाँ घुम्न आउने पर्यटकहरुले खरिद गर्ने गरेका छन् ।
हाटबजारमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर पिजिएस् प्रमाणीकरण किसान समूहद्वारा उत्पादित ‘अर्गानिक’ उन्मुख तरकारी बिक्रीका लागि राखिन्छ भने भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ का स्थानीय किसानले उत्पादन गरेको तरकारी समेत राखिने गरिएको आस्क नेपाल काभ्रेले जनाएको छ ।

हाटबजारमा किसानले घरमै उत्पादित घ्यू, मह र विभिन्न जातका नास्पाती, कागतीलगायत फलफूल तथा यिनका बिरुवासमेत बिक्रीका लागि राख्ने गरेका छन् । हाटबजार नगरकोट क्षेत्रको पायक पर्ने चाँगुनारायण नपा–६ स्थित महामञ्जुश्री चोकमा प्रत्यक शुक्रबार सञ्चालन हुने गरेको छ ।

नगरकोटमा शुक्रबारे हाटबजार प्रभावकारी रुपमा सञ्चालन भएपछि अनेत्र पनि सिको हुँदै

नगरकोटमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको आवागमन बढी हुने भएकाले पनि हाटबजार चर्चित बन्दै गएको । पछिल्लो समय नगरकोटमा सञ्चालन गरिएको हाटबजारको सिको अन्य पालिकामा पनि गर्न थालिएको छ ।

 


Thali Mobile Pvt.Ltd.