भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

गाजास्थित एक विद्यालयमा आक्रमण

गाजास्थित एक विद्यालयमा आक्रमण

गाजा । इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा हमला गरेको छ । उक्त हमलामा राष्ट्रसङ्घका कर्मचारीसहित १८ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

युद्धको क्रममा नुसिरातको अल–जावनी विद्यालय परिसरमा पहिले नै धेरै पटक हवाइ हमला भइसकेको छ । पछिल्लो हमलामा राष्ट्रसङ्घद्वारा सञ्चालित सुविधालाई समेत प्रभावित बनाई आश्रय लिएका मानिसहरूलाई विस्थापित गरेको जनाइएको छ ।

इजरायली सेनाले पछिल्लो समयमा यस्ता धेरै विद्यालयमा आक्रमण गर्दै प्यालेस्टिनी तथा विस्थापित नागरिकबिच लुकेको आरोप हमासले अस्वीकार गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.