भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अमेरिका र इरानबीचको शत्रुता बढ्याे

अमेरिका र इरानबीचको शत्रुता बढ्याे

काठमाडौं । अमेरिका र इरानबीचको शत्रुता चुलिदै गएको छ । इराकले फेब्रुअरीमा जोर्डनमा तीन अमेरिकी सैनिकको ज्यान जाने गरी भएको आक्रमणको प्रतिशोधस्वरूप इराकी लडाकू नेताको ज्यान जाने गरी गरिएको अमेरिकी ड्रोन आक्रमणको कडा विरोध गर्यो ।

तर यसबीचमा वासिङ्टन र बग्दादबीच तनाव कम भएको छ र उनीहरूले अमेरिकी नेतृत्वको गठबन्धनको भविष्यका बारेमा वार्ता पुनः सुरु गरेका छन् । इराकी अधिकारीहरूले अमेरिकी सेनाको उपस्थिति कम गर्न समयसीमा तय गर्ने आशा गरेका छन् ।

सन् २००३ मा इराकमा अमेरिकी नेतृत्वमा भएको आक्रमणले इराकका तत्कालिन शक्तिशाली नेता सद्दाम हुसेनलाई सत्ताच्यूत गरेको थियो र वासिङ्टनले सन् २०११ सम्ममा आफ्ना अधिकांश सैनिक फिर्ता बोलाएको थियो । तर सन् २०१४ मा इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेको इस्लामिक स्टेट ९आइएस० चरमपन्थी समूहलाई परास्त गर्ने अभियानअन्तर्गत अमेरिकी सेनालाई पुनः तैनाथ गरिएको थियो ।

हाल संयुक्त राज्य अमेरिकासँग इराकमा तैनाथ करिब २५ हजार र छिमेकी सिरियामा ९०० सैनिक रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.