भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

अनावश्यक रिफर नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको कडा निर्देशन

अनावश्यक रिफर नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको कडा निर्देशन

काठमाडौँ, १८ माघ । स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रूपमा रिफर नगर्न निर्देशन दिएको छ। बोर्डले हिजो सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र जारी गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा हुँदाहुँदै पनि बिरामीलाई अनावश्यक रूपमा अन्यत्र रिफर नगर्न सचेत गराएको हो।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अनावश्यक रिफर गर्दा बिरामीले दुःख पाउने, अनावश्यक स्वास्थ्य परीक्षण हुने तथा बीमा प्रणालीमाथि अतिरिक्त आर्थिक भार पर्ने भएकाले यस्तो अभ्यास रोक्न निर्देशन दिइएको हो।

बोर्डले यदि कुनै स्वास्थ्य संस्थाले आवश्यक सेवा उपलब्ध गराउन नसक्ने अवस्था भएमा भने रिफर पुर्जी अनिवार्य रूपमा भरी, सेवा सुनिश्चित हुने गरी नजिकको उपयुक्त स्वास्थ्य संस्थामा मात्र बिरामी पठाउनुपर्ने स्पष्ट पारेको छ।

यस्तै, अनावश्यक रिफर गरेको पाइएमा दाबी मूल्याङ्कन तथा रुजुका क्रममा त्यस्ता उपचार खर्च भुक्तानी नगरिने र स्वास्थ्य बीमा नियमावली २०७५ को अनुसूची–८ को दफा ४ (ग) अनुसार सम्बन्धित स्वास्थ्य संस्थाको सम्झौता स्थगन वा रद्द समेत गर्न सकिने बोर्डले चेतावनी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.