भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

प्रतिनिधिसभा निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक

प्रतिनिधिसभा निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक

काठमाडौँ, १८ माघ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रका मतपत्रको नमूना सार्वजनिक गरेको छ।

आयोगले सातै प्रदेशका निर्वाचन क्षेत्र समेट्ने गरी नमूना मतपत्र सार्वजनिक गरेको हो। एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि फरक–फरक प्रकारका मतपत्रको नमूना तयार पारिएको आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार फरक–फरक बनाइएको छ। उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रमा मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो आकारको मतपत्र छापिएको छ। यही कारण काठमाडौँ जिल्लाको मतपत्र सबैभन्दा ठूलो रहेको आयोगले जनाएको छ।

सार्वजनिक गरिएका नमूना मतपत्रहरू मतदाता शिक्षाका लागि प्रयोग गरिनेछन्। यसैबीच, समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ कार्य भने सम्पन्न भइसकेको आयोगले जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.