भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सुरु, यी हुन् मुख्य रुटहरू

काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सुरु, यी हुन् मुख्य रुटहरू

मुख्य बुँदा 

काठमाडौँ उपत्यकामा नयाँ वर्षसँगै रात्रिकालीन बस सेवा सुरु भएको छ ।

सेवा काठमाडौँ, ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठका सहकार्यमा सञ्चालनमा आएको हो ।

हाल ७ वटा विद्युतीय बस राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भइरहेका छन् ।

बसमा वाइफाइ, सिसीटिभी र नगर प्रहरी सुरक्षा व्यवस्था गरिएको छ ।

मुख्य रुट: लगनखेल–बुढानीलकण्ठ र थानकोट–एयरपोर्ट ।

काठमाडाैं, २ बैशाख । नयाँ वर्षसँगै काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालनमा आएको छ। काठमाडौँ, ललितपुर, चन्द्रागिरि र बूढानीलकण्ठ स्थानीय तहको सहकार्यमा सुरु गरिएको यो सेवाले रातिको समयमा सार्वजनिक यातायातलाई सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

हाल ७ वटा विद्युतीय बस सञ्चालनमा ल्याइएको छ। बसमा यात्रु सुरक्षाका लागि सिसीटिभी क्यामेरा, वाइफाइ सुविधा र नगर प्रहरीको व्यवस्था गरिएको छ। ललितपुरको लगनखेलदेखि बूढानीलकण्ठसम्मको एउटा रुट सञ्चालनमा छ, जसमा पाटन अस्पताल, नर्भिक, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल हुँदै गन्तव्य जोडिन्छ। यो रुट करिब १६ किलोमिटर लामो छ।

त्यसैगरी थानकोटदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्म अर्को रुट सञ्चालनमा छ, जसले सतुङ्गल, कलंकी, माइतीघर, बानेश्वर हुँदै २० किलोमिटर दूरी पार गर्छ। महानगरका अनुसार बसहरू साझ यातायातसँगको सहकार्यमा सञ्चालन गरिएको हो र प्रारम्भिक चरणमा लागत व्यवस्थापन साझ यातायातले गर्नेछ।

आगामी दिनमा स्थानीय तहहरूले संयुक्त रूपमा सञ्चालन खर्च व्यहोर्ने योजना छ। यो सेवाले रातिको समयमा यात्रुहरूलाई सुरक्षित, सहज र भरपर्दो सार्वजनिक यातायात उपलब्ध गराउने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.