भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, इतिहास र महत्व

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, इतिहास र महत्व

काठमाडाैं, १८ वैशाख । आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ । श्रमिकहरूको हक, अधिकार र सम्मानको सुनिश्चितताका लागि यो दिवस विश्वभर विशेष रूपमा मनाउने गरिन्छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न श्रमिक नेताहरूको अन्तर्राष्ट्रिय बैठकले मे १ तारिखलाई विश्व श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसयता सन् १८९० देखि हरेक वर्ष यो दिवस मनाउने परम्परा सुरु भएको हो ।

यसअघि सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जन’ भन्ने नारासहित श्रमिक आन्दोलन भएको थियो । सोही आन्दोलनको सम्झनामा मे दिवस मनाउने प्रचलन विकसित भएको हो ।

उक्त आन्दोलनका क्रममा सिकागोको हेयमार्केट क्षेत्रमा भएको बम विस्फोटपछि प्रहरीले मजदुरमाथि दमन गर्दा सात जनाको ज्यान गएको थियो । त्यसपछि श्रमिक आन्दोलनले श्रम अधिकार स्थापनामा महत्वपूर्ण उपलब्धि हासिल गरेको मानिन्छ ।

नेपालमा पनि मजदुर सङ्गठनहरूले विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएका छन् । देशमा २००७ सालदेखि मजदुर आन्दोलनसँगै मे दिवस मनाउन थालिएको हो भने २०४६ सालपछि यस दिन सार्वजनिक बिदा दिने प्रचलन सुरु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.