भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ट्राफिक कारबाहीबाट एकैदिन झण्डै २० लाख राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकैदिन झण्डै २० लाख राजस्व सङ्कलन

काठमाडाैं, १८ वैशाख । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ९३ सवारी चालक कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट राज्यकोषमा १९ लाख ९९ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ६५ जना, नियमविपरीत राइड सेयरिङ गर्ने २२५ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १३७ जना तथा तीव्र गतिमा सवारी चलाउने १५३ जनामाथि कारबाही गरिएको छ ।

त्यस्तै, लेन अनुशासन पालना नगर्ने १९४, निषेधित क्षेत्रमा हर्न बजाउने ५८, सडक पेटीमा पार्किङ गर्ने १०९ तथा निर्धारित स्थान बाहिर यात्रु चढाउने–ओराल्ने ४१ जनालाई पनि कारबाही गरिएको छ । अन्य विभिन्न नियम उल्लङ्घन गर्ने एक हजार १२१ जना चालक समेत कारबाहीमा परेको कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.