भर्खरै : Sorry, your browser does not support inline SVG.
गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन |

कर्मचारीकाे लापरवाही देखिएपछि सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन कार्यालयहरूमा छड्के

कर्मचारीकाे लापरवाही देखिएपछि सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन कार्यालयहरूमा छड्के

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एकैदिन १४ वटा कर कार्यालयहरूमा छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत नेतृत्वमा छुट्टा–छुट्टै टोलीले १४ वटा आन्तरिक राजस्व कार्यालयहरूमा छड्के अनुगमन गरेको हो । चाबहिल, जोरपाटी, पुतलीसडक, बत्तीसपुतली, नयाँ बानेश्वर, कोटेश्वर, त्रिपुरेश्वर, कलंकी, कालीमाटी, बालाजु, टंगाल, ठमेल, महाराजगञ्ज र न्यूरोडमा रहेका आन्तरिक राजस्व कार्यालयहरूमा एकैपटक अनुगमन गरेको हो ।

अनुगमनपछि सबै कार्यालयका प्रमुखहरूलाई बोलाएर प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन, व्यवस्थित सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । छलफलका क्रममा अनुगमनमा देखिएका कमजोरीहरूलाई सुधारेर अघि बढ्न समेत निर्देशन दिए । ती कार्यालयको प्रगति, कार्यसम्पादन सूचक, ड्रेस कोड, सरसफाइ, अभिलेख व्यवस्थापन र राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको प्रजिअ बस्नेतको भनाइ छ ।

कर्मचारीहरूले समयको पालनालाई गम्भीर भएर पालना नगरेको पाइएको प्रशासनले जनाएको छ । कर्मचारीहरूको समय पालनाको अवस्था मिश्रित देखिएको छ । कर्मचारीहरू समयमा उपस्थित नभएको, सूचना अधिकारीको व्यवस्था भएपनि सूचनाको हकसम्बन्धी ऐन तथा नियमावली बमोजिम त्रैमासिकरुपमा स्वतः प्रकाश गर्नुपर्ने सूचनाहरू सार्वजनिक नगरेको पाइएको प्रशासनले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.