काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एकैदिन १४ वटा कर कार्यालयहरूमा छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत नेतृत्वमा छुट्टा–छुट्टै टोलीले १४ वटा आन्तरिक राजस्व कार्यालयहरूमा छड्के अनुगमन गरेको हो । चाबहिल, जोरपाटी, पुतलीसडक, बत्तीसपुतली, नयाँ बानेश्वर, कोटेश्वर, त्रिपुरेश्वर, कलंकी, कालीमाटी, बालाजु, टंगाल, ठमेल, महाराजगञ्ज र न्यूरोडमा रहेका आन्तरिक राजस्व कार्यालयहरूमा एकैपटक अनुगमन गरेको हो ।
अनुगमनपछि सबै कार्यालयका प्रमुखहरूलाई बोलाएर प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन, व्यवस्थित सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । छलफलका क्रममा अनुगमनमा देखिएका कमजोरीहरूलाई सुधारेर अघि बढ्न समेत निर्देशन दिए । ती कार्यालयको प्रगति, कार्यसम्पादन सूचक, ड्रेस कोड, सरसफाइ, अभिलेख व्यवस्थापन र राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको प्रजिअ बस्नेतको भनाइ छ ।
कर्मचारीहरूले समयको पालनालाई गम्भीर भएर पालना नगरेको पाइएको प्रशासनले जनाएको छ । कर्मचारीहरूको समय पालनाको अवस्था मिश्रित देखिएको छ । कर्मचारीहरू समयमा उपस्थित नभएको, सूचना अधिकारीको व्यवस्था भएपनि सूचनाको हकसम्बन्धी ऐन तथा नियमावली बमोजिम त्रैमासिकरुपमा स्वतः प्रकाश गर्नुपर्ने सूचनाहरू सार्वजनिक नगरेको पाइएको प्रशासनले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । देशभरका शिक्षकहरू आन्दोलनरत रहेका बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षकहरू विद्यालय छाडेर राजधानी केन्द्रित आन्दोलनमा रहे...
काठमाडौँ । सरकारले सुपारी आयातमा लागू रहेको कोटा हटाएपछि देशमा सुपारी आयात ह्वात्तै बढेको छ। भन्सार विभागका अनुसार २०८१ र ८२ को नौ महिनामा ५८ करोड ८३ लाख रुपैयाँभन्दा...
भक्तपुर । नेपालको प्राचीन धार्मिक र सांस्कृतिक सम्पदाले सजिएको रत्नचूड पर्वत (नगरकोट) को काखमा अवस्थित कलमसीमा १०८ फिट अग्लो भगवान महादेवको भव्य मूर्ति निर्माणका लागि शिव पुराण ज्ञान महायज्ञको...
इलाम । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन आएपछि अभिभावकले चासो राखे । निगरानी बढाएपछि थाहा भयो, बालकले लागुऔषध प्रयोग गर्न थालेछन् । “विद्यालय बन्द हुँदा साथीहरू...