भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

चोरी पैठारीपछि ७९ करोड असुल गर्दै हदैसम्मको कैद सजाय माग

चोरी पैठारीपछि ७९ करोड असुल गर्दै हदैसम्मको कैद सजाय माग

काठमाडौं । भन्सार छली गरी झण्डै रु ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा फर्म तथा व्यवसायीविरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले उनीहरुविरुद्ध बिगो असुल गरी रु ७९ करोडभन्दा बढी रकम असुलको माग गरी हदैसम्मको कैद सजाय हुनुपर्ने भन्दै उच्च अदालतमा मुद्दा दर्ता गरिएको छ ।

सन्दीप ट्रेडर्सका मुख्य कारोबारी दयाशङ्कर चौधरी र उक्त फर्मका प्रोपाइटर विमलावती चौधरीले सबैभन्दा बढी राजस्व छली गरेको पाइएको विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए । उनीहरूविरुद्ध बिगो मूल्याङ्कन गर्दा रु १२ करोड ८५ लाखबढी बिगोबराबरको राजस्व छली गरेको निष्कर्ष निकालेको छ ।

उक्त ट्रेडर्सको कारोबारसम्बन्धी कागजात तथा विरण विश्लेषण गर्दा विसं २०७९ भदौ देखि २०८० भदौसम्म भिसिटिएस प्रणालीमा प्रविष्टी गरेको विवरणमा रु छ लाख ४९ हजार चार सय बराबरको मालवस्तु खरिद गरेको देखिएको तर भन्सार प्रज्ञापन पत्रलगायतका अन्य विश्वसनीय स्रोत बिना नै करोडौँका मालवस्तु बिक्री गरेको देखिएको छ ।

उक्त ट्रेडर्सले भन्सार चोरीपैठारी गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन) २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरेको पाइएको विभागले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.