भर्खरै : Sorry, your browser does not support inline SVG.

सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि एक वर्ष थप

सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि एक वर्ष थप

काठमाण्डौ । गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि एक वर्ष थप भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

चारै जना प्रहरी नायब महानिरीक्षकको पदावधि एक वर्ष थप गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) मा सशस्त्रका प्रहरी महानिरीक्षकको पदावधि चार वर्षको हुने व्यवस्था छ ।

चारै जना प्रहरी नायब महानिरीक्षक भएको मंगलबार चार वर्ष पूरा भएको हो । नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिशमा नेपाल सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि चार वर्षपछि एक वर्ष थप गर्न सक्ने उल्लेख छ ।

त्यसै व्यवस्था अनुसार मन्त्रिपरिषद् बैठकले चारै जना प्रहरी नायब महानिरीक्षकहरूको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको हो । उक्त निर्णय मंगलबार राति १२ बजेदेखि नै लागू हुनेगरी चार जना डीआईजीको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको हो ।

पदावधि थप हुनेहरुमा नम्बर–१ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नम्बर–३ गढीमाइ बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा कार्यरत प्रहरी नायब महानिरीक्षक कमल गिरी रहेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.