भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

फ्रान्सेलीमा नेसनल फ्रन्टका सहसंस्थापक ले पेनको मृत्यु

फ्रान्सेलीमा नेसनल फ्रन्टका सहसंस्थापक ले पेनको मृत्यु

एजेन्सी । फ्रान्समा नेता जीनमारी ले पेनको ९६ वर्षको उमेरमा निधन भएको छ। दक्षिणपन्थी आन्दोलनका ऐतिहासिक नेता ले पेनको मंगलबार निधन भएको हो । केही हप्तादेखि स्याहार केन्द्रमा रहेका उनको मृत्यु भएको परिवारले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

राष्ट्रपति इम्यानुएल म्याक्रोनले फ्रान्सेली दक्षिणपन्थी नेता जीनमारी ले पेन ‘ऐतिहासिक व्यक्तित्व’ रहेको भन्दै उनको परिवारप्रति समवेदना व्यक्त गरेको राष्ट्रपतिको कार्यालय एलिसीले जनाएको छ । नेसनल फ्रन्टका सहसंस्थापक ले पेनले सन् २००२ मा कडा आप्रवासन विरोधी मुद्दाका साथ राष्ट्रपति चुनावको दोस्रो चरणमा पुगेर फ्रान्सलाई तरंगित बनाएका थिए।

उनीमाथि प्रायः जातिवाद र यहुदी विरोधी भएको आरोप लगाइन्थ्यो र उनले यहुदी नरसंहारलाई इतिहासको विवरणका रूपमा खारेज गरेको बताइन्छ। नेसनल र्‍याली (आरएन) नाम परिवर्तन भएपछि पार्टीले उल्लेखनीय प्रगति गरेको छ । यसले गत वर्षको युरोपेली संसद् चुनावमा ठूलो सफलता हासिल गर्‍यो। त्यसपछि फ्रान्सको आम निर्वाचनमा सबैभन्दा ठूलो एकल पार्टी बन्यो ।

आरएन पार्टीका प्रमुख तथा मरिन ले पेनका दाहिने हात जोर्डन बार्डेलाले सावधानीपूर्वक शब्दमा जीनमेरी ले पेनले ‘सधैँ फ्रान्सको सेवा गरेको’ बताए। उनकीछोरी मरिन ले पेनले सन् २०११ मा पार्टीको नेतृत्व सम्हालेकी थिइन्। चरमपन्थी प्रतिष्ठाबाट टाढा राख्ने प्रयासमा पेनले जीन–मारीलाई चार वर्षपछि पार्टीबाट निष्कासन गरेकी थिइन्।

 


Thali Mobile Pvt.Ltd.