भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फ्रान्सेलीमा नेसनल फ्रन्टका सहसंस्थापक ले पेनको मृत्यु

फ्रान्सेलीमा नेसनल फ्रन्टका सहसंस्थापक ले पेनको मृत्यु

एजेन्सी । फ्रान्समा नेता जीनमारी ले पेनको ९६ वर्षको उमेरमा निधन भएको छ। दक्षिणपन्थी आन्दोलनका ऐतिहासिक नेता ले पेनको मंगलबार निधन भएको हो । केही हप्तादेखि स्याहार केन्द्रमा रहेका उनको मृत्यु भएको परिवारले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

राष्ट्रपति इम्यानुएल म्याक्रोनले फ्रान्सेली दक्षिणपन्थी नेता जीनमारी ले पेन ‘ऐतिहासिक व्यक्तित्व’ रहेको भन्दै उनको परिवारप्रति समवेदना व्यक्त गरेको राष्ट्रपतिको कार्यालय एलिसीले जनाएको छ । नेसनल फ्रन्टका सहसंस्थापक ले पेनले सन् २००२ मा कडा आप्रवासन विरोधी मुद्दाका साथ राष्ट्रपति चुनावको दोस्रो चरणमा पुगेर फ्रान्सलाई तरंगित बनाएका थिए।

उनीमाथि प्रायः जातिवाद र यहुदी विरोधी भएको आरोप लगाइन्थ्यो र उनले यहुदी नरसंहारलाई इतिहासको विवरणका रूपमा खारेज गरेको बताइन्छ। नेसनल र्‍याली (आरएन) नाम परिवर्तन भएपछि पार्टीले उल्लेखनीय प्रगति गरेको छ । यसले गत वर्षको युरोपेली संसद् चुनावमा ठूलो सफलता हासिल गर्‍यो। त्यसपछि फ्रान्सको आम निर्वाचनमा सबैभन्दा ठूलो एकल पार्टी बन्यो ।

आरएन पार्टीका प्रमुख तथा मरिन ले पेनका दाहिने हात जोर्डन बार्डेलाले सावधानीपूर्वक शब्दमा जीनमेरी ले पेनले ‘सधैँ फ्रान्सको सेवा गरेको’ बताए। उनकीछोरी मरिन ले पेनले सन् २०११ मा पार्टीको नेतृत्व सम्हालेकी थिइन्। चरमपन्थी प्रतिष्ठाबाट टाढा राख्ने प्रयासमा पेनले जीन–मारीलाई चार वर्षपछि पार्टीबाट निष्कासन गरेकी थिइन्।

 


Thali Mobile Pvt.Ltd.