भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

अछाम, २६ चैत । जिल्लाको कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिको कीर्ते कागजात बनाएर फडानी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सो वन समितिका सचिव छत्रराज तिमल्सेना रहेका छन् । उनले पाँचुल्ली चैतेपातल सामुदायिक वन उपभोक्ता समितिको नाममा नक्कली कागजात बनाई वन डिभिजन कार्यालय मङ्गलसेनबाट चोत्रो (डाँठ, पात, बोक्रा) पैदावार बिक्री गर्ने अनुमति लिएर फडानी गरेको डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्याले जानकारी दिए ।

उनले पक्राउ परेका तिमल्सेनालाई डिभिजन वन कार्यालयको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धानको प्रक्रिया अगाडि बढिसकेको बताए । वन ऐन, २०७६ अनुसार रु दुई लाखभन्दा बढी बिगो भएको र एक वर्षभन्दा बढी कैद हुने अवस्थाका मुद्दा अदालतमा जाने र अन्य मुद्दा वन डिभिजनले नै हेर्ने कानुनी व्यवस्था रहेको छ ।सामुदायिक वनबाट चार हजार किलो चोत्रो (डाँठ, पात, बोक्रा) फडानी गरिएको छ ।

चोत्रो (डाँठ, पात, बोक्रा)को प्रतिकिलो १० बिगो हुने भएकाले ४० हजार जरिवाना हुने र अनुसन्धानमा केही थप देखिएमा सोही दफाअनुसार कारबाही हुने पाध्यायको भनाइ छ । नक्कली कागजात तयार पारेर वन पैदावरको अनुमति लिनका लागि अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.