भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

जबरजस्ती करणी मुद्दामा दुई जना पक्राउ

जबरजस्ती करणी मुद्दामा दुई जना पक्राउ

काठमाडौं । अपहरण वा शरीर बन्धक तथा जबरजस्ती करणी सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ गाउँपालिका–१० गोपालपुर स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवामा बस्दै आएका २१ वर्षीय अरुण कुमार दास र भारतको बिहार प्रदेशको सितामणि जिल्लास्थित डुमरा थाना सुरसड पक्ष्मी–१ सुरसड गाउँ घर भई हाल रानीपौवामा नै बस्दै आएका १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माका अनुसार उनीहरूले गत असार १७ गते तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुबाट नाबालिकालाई ललाई फकाई तथा डर त्रास देखाई पोखरा ल्याएर सामूहिक रूपमा जबरजस्ती करणी गरी बिहान साढे तीन बजेको समयमा पोखराबाट तनहुँ फर्किँदै गरेका थिए। पोखरा महानगरपालिका–३० पावर हाउसस्थित पृथ्वी राजमार्ग सडक खण्डमा प्रहरीले ‘चेकिङ’ गरिरहेको देखेपछि दास र कुमार भाग्न खोज्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

 


Thali Mobile Pvt.Ltd.