भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

एक किलो कोकिनसहित विदेशी महिला पक्राउ

एक किलो कोकिनसहित विदेशी महिला पक्राउ

काठमाडौं । एक किलो १०१ ग्राम लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कंगोकी ४९ वर्षीया अपुला एकुत्सु मबोंगो छिन् । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई ठमेलस्थित एक होटलबाट पक्राउ गरेको हो ।

उनी ४ जेठमा दुबईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएको पाइएको छ । विमानस्थलबाट उनी सिधै ठमेलको एक होटलमा गएकी थिइन् ।
शंकास्पद र पुर्वसूचनाका आधारमा ब्यूरोको टोलीले उनको निगरानी गरिरहेको थियो । सोही क्रममा कोकिन ल्याएको भन्ने पुष्टि भएपछि उनी बसेको कोठा खानतलासी गरेर प्रहरीले कोकिन बरामद गरेको हो ।

ह्याण्ड ब्यागभित्र प्लाष्टिकले र्‍याप गरेको अवस्थामा ८५ थान कोकिनका क्याप्सुल बरामद गरिएको ब्यूरोका एसपी तथा प्रवक्ता रामेश्वर कार्कीले बताए ।
बरामद कोकिनको अवैध बजार मूल्य ३ करोढ ८५ लाख रहेको प्रहरीले जनाएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.