भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

एक किलो कोकिनसहित विदेशी महिला पक्राउ

एक किलो कोकिनसहित विदेशी महिला पक्राउ

काठमाडौं । एक किलो १०१ ग्राम लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कंगोकी ४९ वर्षीया अपुला एकुत्सु मबोंगो छिन् । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई ठमेलस्थित एक होटलबाट पक्राउ गरेको हो ।

उनी ४ जेठमा दुबईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएको पाइएको छ । विमानस्थलबाट उनी सिधै ठमेलको एक होटलमा गएकी थिइन् ।
शंकास्पद र पुर्वसूचनाका आधारमा ब्यूरोको टोलीले उनको निगरानी गरिरहेको थियो । सोही क्रममा कोकिन ल्याएको भन्ने पुष्टि भएपछि उनी बसेको कोठा खानतलासी गरेर प्रहरीले कोकिन बरामद गरेको हो ।

ह्याण्ड ब्यागभित्र प्लाष्टिकले र्‍याप गरेको अवस्थामा ८५ थान कोकिनका क्याप्सुल बरामद गरिएको ब्यूरोका एसपी तथा प्रवक्ता रामेश्वर कार्कीले बताए ।
बरामद कोकिनको अवैध बजार मूल्य ३ करोढ ८५ लाख रहेको प्रहरीले जनाएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.