भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

विदेशी मुद्रासहित विमानस्थलबाट तीन जना पक्राउ

विदेशी मुद्रासहित विमानस्थलबाट तीन जना पक्राउ

काठमाडौं । विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२२ घर भएका ४६ वर्षीय महेशमान महर्जन, टोखा नगरपालिका–१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका–१४ घर भएका ३० वर्षीय दीपेश भुसाल रहेका छन् । उनीहरु थाई एअरवेजको उडानमार्फत काठमाडौंबाट बैंकक जान लागेका बेला बुधबार विमानस्थलबाट पक्राउ परेका हुन् ।

महेशको साथबाट १६ हजार ५५० युरो, १० हजार ९०० क्यानडियन डलर बरामद भएको छ । मावनको साथबाट ८ हजार ९५० युरो, ३ हजार ६६० थाई भाट बरामद भएको छ । त्यस्तै दीपेशको साथबाट १३ हजार ४ सय युरो, २ हजार ४०० स्वीस फ्रान्क, ४ हजार ५०० क्यानडियन डलर, १८ हजार साउदी रियाल, २ हजार थाई भाट र ४ लाख ९० हजार जापनिज येन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.