भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अरुको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी ठगी गर्ने पक्राउ

अरुको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी ठगी गर्ने पक्राउ

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका घर भइ ललितपुर बस्दै आएका सरोज यादव, सर्लाहीका रामेश्वर सिंह र धनुषाका रामसेवक सिंहलाई अरुको नागरिकतामा फोटो टाँसेर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी ५५ जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने भन्दै प्रतिव्यक्ति सात लाख रुपैयाँका दरले रकम असुल्दै आएका पाइएको छ।

मासिक एक लाख ५५ हजार रुपैयाँ तलब पाइने भन्दै तीनैजनाले पीडितबाट ६३ लाख रुपैयाँ ठगी गरेको पाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । उनीहरुले यसअघि पनि ठगी मुद्दामा सजाय भोगिसकेका पाइएको प्रहरीको भनाइ छ ।

तीनैजनामाथि ठगी, कीर्ते जालसाजी, बैंकिङ कसुरलगायत अपराधमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.