भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

१८ खर्बको बजेट सिलिङ सीसीटीभीको निगरानीमा

१८ खर्बको बजेट सिलिङ सीसीटीभीको निगरानीमा

काठमाडौं । आगामी आर्थिक वर्ष ०८१, ०८२ को बजेट वक्तव्य लेख्ने टिमले सीसीटीभीको निगरानीमा बजेट सिलिङ लेखिरहेको छ । जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ । बजेट निर्माण कार्य अन्तिम चरणमा पुगेको अर्थमन्त्रालयको कोर टीमले जनाएको छ ।

सीसीटीभीको निगरानीमा बजेट आउँने भएको हुँदा अत्यावश्यकबाहेक भेटघाटमा नआउँन अर्थ मन्त्रालयले अपिल गरेको छ । अर्थमन्त्रालयका अनुसार १८ खर्बको सिलिङमा बजेट निर्माण भइरहेको छ । चालु आर्थिक वर्षमा १७ खर्व ५१ अर्वको बजेट थियो । यसपालि केही आकार बढेको छ ।

न्यूनतम् दायित्वमा थपघट गर्न सकिने र यसका लागि सिलिङ तथा स्रोत मिलाइने अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले जनाएको छ । केही दिनअघिमात्रै मन्त्री बर्षमान पुनले सहसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सहसचिव धनीराम शर्माले बताए । शर्माको संयोजकत्वमा ६ सदस्यीय समिति गठनसमेत गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.