भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

१८ खर्बको बजेट सिलिङ सीसीटीभीको निगरानीमा

१८ खर्बको बजेट सिलिङ सीसीटीभीको निगरानीमा

काठमाडौं । आगामी आर्थिक वर्ष ०८१, ०८२ को बजेट वक्तव्य लेख्ने टिमले सीसीटीभीको निगरानीमा बजेट सिलिङ लेखिरहेको छ । जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ । बजेट निर्माण कार्य अन्तिम चरणमा पुगेको अर्थमन्त्रालयको कोर टीमले जनाएको छ ।

सीसीटीभीको निगरानीमा बजेट आउँने भएको हुँदा अत्यावश्यकबाहेक भेटघाटमा नआउँन अर्थ मन्त्रालयले अपिल गरेको छ । अर्थमन्त्रालयका अनुसार १८ खर्बको सिलिङमा बजेट निर्माण भइरहेको छ । चालु आर्थिक वर्षमा १७ खर्व ५१ अर्वको बजेट थियो । यसपालि केही आकार बढेको छ ।

न्यूनतम् दायित्वमा थपघट गर्न सकिने र यसका लागि सिलिङ तथा स्रोत मिलाइने अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले जनाएको छ । केही दिनअघिमात्रै मन्त्री बर्षमान पुनले सहसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सहसचिव धनीराम शर्माले बताए । शर्माको संयोजकत्वमा ६ सदस्यीय समिति गठनसमेत गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.