भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

युक्रेन युद्ध रोक्न रुस सहमत

युक्रेन युद्ध रोक्न रुस सहमत

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएका छन् । तर, यसका लागि उनले केही शर्त राखेका छन् ।

समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबिचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ । यसको मतलब रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरू अब उसको हिस्सा नै रहन्छन् ।

पुटिन युद्ध रोक्न तयार छन् भन्ने रिपोर्टहरू धेरै महिनादेखि चलिरहेको छ, तर यो रिपोर्ट यस्तो समयमा आएको छ जब मस्कोले उत्तर–पूर्वी युक्रेनको खार्किभ क्षेत्र विरुद्ध नयाँ आक्रमण सुरु गरेको छ।

‘यदि अवस्थित सीमा रेखाको बारेमा सहमति भयो भने, रुसीहरूले यसलाई आफ्नो जीत मान्नेछन्। तिनीहरूले पश्चिमबाट आक्रमणको बाबजुद आफ्नो सार्वभौमसत्ता कायम राखेको भन्न सक्छन्’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रोयटर्सलाई भने ।

उनले पुटिनले बारम्बार आफू वार्ताका लागि तयार रहेको र लामो युद्ध नचाहेको उद्धृत गरेका छन् । यद्यपि युक्रेनी राष्ट्रपति जेलेन्स्की पुटिनको सर्तमा कुनै पनि शान्ति सम्झौता स्वीकार गर्न चाहँदैनन्। उनले रुसी सेनाले कब्जा गरेको युक्रेनी क्षेत्र फिर्ता लिने वाचा गरेका छन् । यसमा सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया पनि समावेश छ।

यस महिनाको सुरुमा रुसले खार्किभमा लडाइँलाई तीव्र पारेको थियो। मे १० मा, रुसी सेना खार्किभमा एक किलोमिटर प्रवेश गर्‍यो। खार्किभ रुसी सेनाका लागि महत्त्वपूर्ण छ किनभने उनीहरूले २०२२ मा त्यहाँ हार बेहोरेको थियो।

सन् २०२२ मा खार्किभमा पराजयपछि रुसले कुनै पनि हालतमा खार्किभलाई जित्ने योजना बनाएको छ । तर, युक्रेनको दोस्रो ठुलो सहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा रुस नरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले केही समय अघि चीन भ्रमणको क्रममा दाबी गरेका थिए ।

दुई वर्षअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरेका थिए । त्यसबेला पुटिनले यसलाई सैन्य कारवाही भनेका थिए ।

यस आक्रमणका कारण हालसम्म ४० लाखभन्दा बढी युक्रेनी नागरिकले देश छाड्नुपरेको छ । यी मानिसहरू अहिले अन्य देशहरूमा शरणार्थीहरू जस्तै जीवन बिताइरहेका छन्। स्वदेशमै ६५ लाखभन्दा बढी युक्रेनी घरबारविहीन भएका छन् ।

युक्रेनका १० हजार नागरिकको मृत्यु भएको छ भने १८ हजार ५ सय घाइते भएका छन् । युक्रेनले रुसले ३।९२ लाख सैनिक गुमाएको दाबी गरेको छ । यसैबिच अमेरिकाले रुसका ५ सय कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । यहाँ रुसले युरोपेली संघ ईयू०का धेरै कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको थियो । एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.