भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशमा बदलीसहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बादल लागे पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाण्डौ उपत्यकामा पनि बादल लागेको छ । दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बिहान चितवन, खोटाङ, मोरङलगायतका जिल्लामा ठूलो पानी परेको थियो ।

 


Thali Mobile Pvt.Ltd.