भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

मनोनयनको दिन नजिकिएसंगै राजनीतिक दलहरुलाई उम्मेदवार टुंग्याउन सकस

मनोनयनको दिन नजिकिएसंगै राजनीतिक दलहरुलाई उम्मेदवार टुंग्याउन सकस

काठमाडौं । १९ सिटका लागि माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । दलहरु उम्मेदवार टुंगो लगाउने दौडमा छन् । पुष २३ गते हुने मनोनयनका लागि विभिन्न राजनीतिक दलहरु नजिकिन थालेका छन् ।

पदावधी सकीनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार निर्वाचन आयोगले आगामी माघ ११ गते १९ सिटका लागि निर्वाचन गर्ने तयारी गरेको हो । विभिन्न क्लस्टरमा निर्वाचन गरिने छ । कोशी, मधेश र लुम्बिनीमा एक एक महिला र अन्य १ गरी २–२ पदमा चुनाव हुनेछ ।

यस्तै बागमतीमा एक महिला, दलित १, अपांगता भएका वा अल्पसंख्यकबाट १ गरी कूल चार पदमा चुनाव हुनेछ । गण्डकीमा महिला १, अल्पसंख्य १ र अन्य १ गरी ३ सिटका लागि चुनाव हुने छ भने कर्णालीमा महिला १, दलित १ र अन्य १ गरी ३ सिटमा चुनाव हुने छ ।

यस्तै, सुदूरपश्चिममा महिला १, अपांगता भएका वा अल्पसंख्यकबाट १ र अन्य १ गरी कूल तीन सिटमा चुनाव हुने छ ।
पछिल्लो पटक विकसित राजनीतिक घटना क्रमले प्रमुख दलहरुले राष्ट्रियसभाका सिट भागवण्डा गर्ने संभावना प्रवल बनेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिसिनासहित २० सांसदको पदावधि फागुन २० गतेबाट सकिने छ । पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जनता समाजवादीका १, स्वतन्त्र १ र राष्ट्रपतिबाट मनोनित एमाले कोटाकी विमला राई पौड्याल छन् ।

निर्वाचन आयोगले प्रदेशसभाका सदस्यहरूको मतभार ५३ र स्थानीय तहका मतदातको मतभार १९ कायम गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.