भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

लमजुङमा प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे विद्यालय स्थापना

लमजुङमा प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे विद्यालय स्थापना

काठमाण्डौ । लमजुङमा प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने विद्यालय स्थापना भएको छ ।
लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा हाई अल्टिच्युडको प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले जनाएको हो ।

प्याराग्लाइडिङ विद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको कम्पनीले जनाएको छ । तीन हजार नौ सय मिटर उचाइमा रहेको विद्यालयमा उच्च हिमाली भेगमा कसरी प्यारागलाइडिङ गर्न विभिन्न सिपहरु सिकाइने छ ।

पालिकामा प्याराग्लाइडिङ विद्यालय स्थानीयका लागि समेत नयाँ अवसर भएको बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले जनाएको छ । नौ वर्षदेखि स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ विद्यालय उक्त कम्पनीले सञ्चालन गर्दै आएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.