भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

सुडानमा भएकाे भीषण झडपमा परि कम्तिमा ५६ जनाको मृत्यु

सुडानमा भएकाे भीषण झडपमा परि कम्तिमा ५६ जनाको मृत्यु

एजेन्सी । सुडानको ग्रेटर खार्तुम क्षेत्रमा शनिबार भएको गोलाबारी र हवाई आक्रमणमा कम्तीमा ५६ जनाको मृत्यु भएको खबर आएको छ। यो संघर्ष २०२३ अप्रिलदेखि जारी छ, जबदेखि सुडानको नियमित सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) सत्ताको लागि लडिरहेका छन्।

शनिबारको घटनामा, ओमदुरमानको व्यस्त तरकारी बजारमा आरएसएफले गोलाबारी गर्‍यो,  जसका कारण ५४ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। यस गोलाबारीमा विस्फोटक गोला प्रहार गरिएको थियो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार, घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। कतिपय घाइतेलाई परिवारले विभिन्न अस्पतालहरूमा लिएकाले संख्यामा थपघट हुनसक्ने बताइएकाे छ । 

त्यस्तै, खार्तूमको नाइल नदी क्षेत्रमा भएको हवाई आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको र दर्जनौँ व्यक्तिहरू घाइते भएका छन्। हवाई आक्रमण र ड्रोन प्रयोग गरी आक्रमण गरिएका कारण ठूलो जनधनको क्षति भएको सञ्चार माध्यम भनाइ छ।

यो युद्धले अहिले सम्म हजारौँ मानिसको ज्यान लिएको छ । १ करोड २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अधिकांश स्वास्थ्य संस्थाहरूले युद्धका कारण सेवा दिन नसक्ने स्थिति सिर्जना भएको बताएका छन् । यसले जनस्वास्थ्यमा गम्भीर संकट सिर्जना भएको छ।

सुडानको यो युद्धले मानवीय संकटलाई अझ गहिरो बनाएको छ  । अन्तर्राष्ट्रिय समुदायले यसलाई समाधान गर्न दबाब दिन जारी राखेको छ।

 


Thali Mobile Pvt.Ltd.